विद्युत् उत्पादनमा सरकारलाई उछिन्दै निजी क्षेत्र

काठमाडौँ, ३२ साउन । शनिबार साँझ ६ बजे कुल विद्युत् माग २६ हजार ६ सय २२ मेगावाट आवर थियो । यो माग परिपूर्तिका लागि निजी क्षेत्रबाट निर्मित आयोजनाबाट १२ हजार १ सय ६४ मेगावाट आवर ऊर्जा राष्ट्रिय प्रणालीमा जोडिएको थियो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका आयोजनाबाट १० हजार १९ मेगावाट आवर राष्ट्रिय प्रणालीमा जोडिएको थियो ।

उक्त अवधिमा ४ हजार ४ सय ९ मेगावाट आवर विद्युत् भारतबाट आयात भइरहेको र ७ सय ४४ मेगावाट आवर विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।

विद्युत् माग धान्न निजी क्षेत्रबाट उत्पादित विद्युत्ले दिने योगदान बढिरहे पनि आगामी दिनमा माग बढाउन नसक्दा विद्युत् खेर जाने चिन्तामा छन् निजी क्षेत्रका प्रवद्र्धक । विद्युत् विकास विभागको तथ्यांकअनुसार १५ हजार ८ सय ३० मेगावाट क्षमताका २ सय ४१ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरिएको छ । तीमध्ये ७ वटा अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणको छ भने अरू सबै आयोजनाको अनुमतिपत्र निजी क्षेत्रका प्रवर्द्धकले लिएका छन् ।

उत्पादन अनुमति पाएका १ सय ९९ वटा विद्युत् आयोजनामध्ये ६ वटा मात्रै सरकारी आयोजना हुन्, बाँकी निजी क्षेत्रले निर्माण गरिरहेका छन् । विभागका अनुसार उत्पादन अनुमतिपत्र पाएका सबै आयोजनाको कुल जडित क्षमता ६ हजार ९ सय ६७ मेगावाट छ । उत्पादन अनुमतिपत्र पाएकामध्ये करिब ३ हजार मेगावाट जडित क्षमता रहेका आयोजनाले आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरिसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । वित्तीय व्यवस्थापन गरिसकेकामध्ये आधा आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी रहेको उनको दाबी छ । तीन हजार मेगावाट बराबरका आयोजना वित्तीय व्यवस्थापनका लागि विभिन्न चरणमा रहेको गुरागाईंले जानकारी दिए । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत रहेको उल्लेख

काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

काठमाडौँ, १४ असोज । थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना

काठमाडौँ, १४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा