काठमाडौँ आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियो

काठमाडौँ, ३२ साउन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौँ आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो ।

काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ । यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कुनै पनि बहानामा काठमाडौँ उपत्यका भित्रन नपाइने गरी उपत्यका प्रवेशमा कडाइ गरिएको बताए ।

‘पुराना पास लिएर आउने र अन्य कुनै काम देखाएर बहानाबाजी गरेर आउने क्रम अझै पनि जारी छ । अब कुनै पनि बहानामा उपत्यका प्रवेश सहज छैन । पुराना पास लिएर आउँदा पनि फर्कनुपर्छ, फर्काइन्छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले राजधानीसँग भने ।

तर बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई भने प्रवेशमा रोक नलगाइने ढकालले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा