अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

काठमाडौँ, ३२ साउन । अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।

कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क न्यून गर्न कार्डबाट भुक्तानी प्रणाली उपयोगी हुने देखिएको छ । साझा यातायातले यसअघि नै कार्डबाट भाडा लिन सुरु गरिसकेको छ ।

त्यस्तै एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । आइतबारदेखि सुन्दर यातायातले विद्युतीय भुक्तानी प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) सुरु गर्ने र त्यसका लागि मेसिन जडान गर्ने भएको छ । योसँगै पेमेन्ट कार्ड लिएर गाडीमा रहेको मेसिनमा पठाएपछि कार्डमा रहेको पैसाबाट गाडी भाडा तिरिन्छ ।

सुन्दर यातायात प्रालिले ई–सेवा र चाइनाको बीएके कम्पनीको सहकार्यमा विद्युतीय भुक्तानी मेसिन जडान गर्न लागेको जनाएको छ । सुन्दर यातायातको २५ वटा गाडीमा आइतबार मेसिन जडान गरिने प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार अन्य मेसिन ल्याउने क्रममा छन् ।

आइतबार दुई सयप्रति कार्ड यात्रुलाई बिक्री गरिने छ । यात्रुले २२० रुपियाँको कार्ड खरिद गरेपछि २७० रुपियाँ बराबरको यात्रा गर्न सुविधा दिइएको छ । कार्ड प्रयोगमा यात्रुको सुविधालाई ध्यानमा राखेको र कार्ड प्रयोग गरेपछि यात्रु ठगिने सम्भावना नरहने, ठेलमठेल नहुने हुँदा कोरोना सङ्क्रमणको अहिलेको अवस्थामा कार्ड एकदमै उपयोगी रहेको दाबी उनले गरे ।

यात्रुले खरिद गरेको कार्ड एक वर्ष अवधिको हुनेछ । बीचमा पैसा सकियो भने त्यसैमा थप्न वा रिचार्ज गर्ने सुविधा छ । कार्डमा भएको पैसा खर्च भएन र फिर्ता लिन चाहे तोकेको स्थानमा गएर फिर्ता लिन वा अन्य सामान खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । यो प्रणाली नेपालमा पहिलोपटक लागू हुन लागेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै