प्रम तथा पार्टी अध्यक्ष ओलीको निर्णयले चमत्कार हुने देखियोः कार्यकारी अध्यक्षको काम के ?

राजु पहारी दर्शन

एक टेलिभिजन सो मा पार्टी नफुट्ने गरी ५ दिनमा ‘सिनारियो’ फेरिने प्रधानमन्त्रीले बताएको ३ दिनमै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद टुंगिने मोडमा पुगेको छ । यो प्रधानमन्त्री ओलीको निर्णयले चमत्कार हुने देखिएको छ । जसरी सिताको घरमा रहेको बाण कसैले चलाउन, हल्लाउन र उठाउन सक्दैन थियो । त्यसरी रामले चामत्कारीक ढङ्ले उठाएर विजय हासिल गरेका थिए । त्यसरी नै ओलीले ।चामत्कारिक ढङ्ले पार्टी भित्रको समस्या हल गरिदिने कुरामा दुईमत छैन । नेकपा र सिङो राष्ट्रका लागि ओली राम अवतार साबित हुँदै हुनुहुन्छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट माग भइरहेको राजीनामाको विषय यससँगै सकिएको छ भने अहिले देखा परेका जटिलतालाई किनारा लगाउन एक कार्यदल बनाइएको छ । त्यसमा ओली पक्षबाट पार्टि महासचिव संयोजक विष्णु पौडेल, शंकर पोखरेल, दाहालतर्फका पम्फा भुसाल, जनार्दन शर्मा र माधवकुमार नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे रहनुभएको छ । लेनिनले भन्नुभएको थियो, ञञकठिन घडिमा राष्ट्र र पार्टीलाई असल दिशामा डोर्याउने नै राजनेता कहलिन्छ झझ र केपी ओलीले राष्ट्र र पार्टीलाई यस कठिन घडिमा सहि दिशा दिनुभएको छ । त्यसैले उहाँनै राजनेताको रुपमा स्थापीत हुनुभएको छ ।

नेकपामा दुई अध्यक्ष हुनुहुन्छ । एकले सरकार चलाइरहुनभएको छ भने अर्को पार्टीका कार्यकारी अध्यक्ष हुनुहुन्छ । पूर्वप्रधानमन्त्री तथा पार्टी महासचिव र अध्यक्ष चलाई सक्नुभएका पार्टीमा वरिष्ठ नेताहरु पनि हुनुहुन्छ । सयौं मन्त्रीहरु हुनुहुन्छ, भइसक्नुभएका छ । स्कुल विभाग प्रमुख पनि छन् । यसको काम के हो ? प्रशिक्षण विभाग प्रमुख पनि छन् । यसको काम के हो ? त्यस्तै विदेश विभाग प्रमुख पनि छन् । नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुख पनि छन् । यसको काम के हो ? संगठन विभाग प्रमुख पनि छन् । यसको काम के हो ? के यि विभागले काम गरिरहेका छन् ?

पार्टी संचालनको जिम्मा कस्को हो ?

पार्टी र संगठनको वर्तमान अवस्था के छ ? यि विभागको काम के त ? एक अध्यक्ष सरकार प्रमुख भएको बेला अर्को कार्यकारी अध्यक्षले जसरी पार्टी हाँक्नुपथ्र्यो, पार्टी तहमा जसरी काम गर्नुपथ्र्यो त्यो नभएको प्रस्ट छ । पार्टी नेताहरूलाई पार्टीको आ–आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्न कसले रोकेको छ, यतिबेला ? पार्टीका त्यति धेरै कमिटी छन् । त्यति धेरै सघं सङ्गठन छन् । तर किन पार्टी गतिहीन अवस्थामा छ ? किन पार्टीलाई गम्भीर अवस्थामा पु¥याइँदै छ ? जे निर्णय आवश्यक पर्छ, पहिले त्यहाँ निर्णय गराउनुपर्ने हो कि होइन ? सरकारको नेतृत्व एक अध्यक्षले गरेको बेला पार्टीलाई गति दिन सक्ने काम अर्का अध्यक्षको होइन र तर त्यस्तो कहि पाइएन । उहाँले गुट उपगुट र पद कै बार्गेनिङमा लागि रहेको प्रस्ट देख्न सकिन्छ । उहाँलाई पार्टी र कार्यकर्ता अनि जनताको कुनै वास्था छैन । सरकारले आफ्नो गति लिएकै छ । पार्टीको गति तपाईं हामीले देखेकै छौं । यसको जिम्मेवारी कस्ले लिन्छ ? कुन नेतृत्वले लिन्छ रु मुलुकका प्रधानमन्त्रीलाई कि पार्टीका कार्यकारी अध्यक्ष वा विभागीय प्रमुखहरूलाई ?

हामीलाई यसको जवाफ कस्ले दिन्छ कमरेडहरु ?

कार्यकारी अध्यक्षको भुमिकामा थप ब्याख्या हुन जरुरि छ । यसको काम, कर्तब्य र उद्देश्य के हुन ? अझै ब्याख्या कम भएको महशुस भएको छ । कार्यकारी अध्यक्षको काम के एजेन्डामै नभएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको राजिनामा माग्नु हो ? त्यसको साटो पार्टी र विभिन्न सङ्गठन, आयोग र विभागहरु घनिभुत तवरले सचांलन गर्नु पर्ने थियो कि थियन ?

कार्यकारीले पार्टी भित्रका सम्पूर्ण निकायलाई चलायमान गरि सरकारलाई भित्रैबाट सहयोग गरी सम्पूर्ण कार्यकर्ता र जनतामा आशा जगाउन सक्नु पर्थ्यो तर अह त्यो हुन सकेन अनि अब कस्ले राजिनामा दिनु पर्ने हो ? कार्यकारीले कि प्रधानमन्त्रीले ?

अब कुरो गरौं पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओलीको !

प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक तवरले दोस्रो मिर्गौला प्रत्यारोपण पछि पनि अत्यन्त स्वस्थ हुनुन्छ । उहाँको स्वास्थका कारण सरकार सचांलनमा कुनै बाधा पुगेको रेकर्डमा छैन । जनतालाई सुसोज्जित गर्ने, हौसला प्रदान गर्ने, अप्ठ्यारोमा साथ दिने जस्ता तमाम काम उहाँकै विभिन्न सम्बोधनबाट प्रस्ट हुन्छ । मानव हो, गल्ति कमजोरी होलान विधि र विधानको कुरो गर्नेले पदिय बाँडफाडमा लिप्त रहेका बेला पार्टी अध्यक्ष र प्रधानमन्त्री सम्हाल्नु भएका ओलीले दुबै पदिय जिम्मेवारि निभाउने हो भने बाकि पद खारेज किन नगर्ने ?

भुषण दाहालले सचांलन गरेको द ब्राभो डेल्टा सो कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी नफुट्ने र ५ दिनमा समाधान निस्कने बताउनुभए लगत्तै तमाम नेता, कार्यकर्ता र समृद्धि चाहने आम जनमानसमा खुसियालि छाएको छ र त्यसको तेस्रो दिन आज कार्यदलले काम गरिरहेको छ । गत बिहिवार र शुक्रवार घनिभुत छलफल र बहस पश्चात अब विवादित विषयहरु टुङो लाग्नेमा विश्वस्त हुन सकिन्छ । गल्तिका पाटाहरु सुधार्दै आत्म आलोचना गरौ समृद्ध नेपाल खुसि नेपालीको सपना साकार पारौ ।

पद र प्रतिष्ठा मात्र सबै नहुन सक्छ पार्टी र राष्ट्र मजबुत भए भोलि कोहि पार्टी अध्यक्ष बन्ने कोहि प्रधानमन्त्री बन्ने, कोहि राष्ट्रपति बन्ने क्रमश: पालो आउनेछ । यि सबैलाई एक वाक्यमा मिश्रित गर्ने हो भने ५ वर्ष अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि