अमेरिकामा कोरोनाबाट १ लाख ७१ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, ३१ साउन । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजार ४९५ पुगेको हो ।

त्यस्तै, एकैदिन थप ५९ हजार ८९२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५४ लाख ७५ हजार ५५८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २८ लाख ६८ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २४ लाख ३५ हजार ७९२ जनामध्ये १७ हजार २१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त

काठमाडौँ, ९ असोज । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ललितपुर, ८ असोज । महाँकाल गाउँपालिकाले गत ५ गतेदेखि परेको अबिरल वर्षाका कारण पालिका क्षेत्रभित्र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन

काठमाडौँ, ८ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल