नेकपाको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन: तीन नेताको पून: असन्तुष्टि

काठमाडौँ, ३१ साउन । डेढ महिना लामो तिक्ततापूर्ण विवाद र आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार भएको संवादमा कार्यदल बनाउने सहमति भएको हो ।

कार्यदलमा संयोजक महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । संवाद टुटेको ९ दिनपछि बिहीबार सकारात्मक छलफल गरेका ओली र दाहालले कार्यदल बनाउने सहमति गरेका थिए । त्यसपछि उनीहरुबीच शुक्रबार कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति बनेको हो ।

तर, कार्यदल बनाउने सहमतिपूर्व आफूहरुसँग संवाद नगरेकोमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । कार्यदल सदस्य शर्माले पार्टी विवाद हल गर्ने गरी कार्यदल बनेको बताए । तर, कार्यदलाई समय सीमा तोकिएको छैन्, जतिसक्दो चाँडो काम टुंगाउने जिम्मेवारी दिइएको छ ।

कार्यदल संयोजकसमेत रहेका पौडेलले पनि कार्यदलले समस्या पहिचान गर्ने र समाधानको सुत्र पहिल्याउँदै सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने बताए । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०