विश्वमा कोरोनाबाट उपचारपछि घर फर्किने संख्या १ करोड ४१ लाख ३२ हजार नाग्यो

एजेन्सी, ३१ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड ४१ लाख ३२ हजार ३९६ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड १३ लाख ३५ हजार ९६० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ७ लाख ६२ हजार ४३८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा २८ लाख ७५ हजार २३७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २३ लाख ८४ हजार ३०२ जना, भारतमा १८ लाख ७ हजार ५५६, रसियामा ७ लाख २२ हजार ९६४ र दक्षिण अफ्रिकामा ४ लाख ६१ हजार ७३४ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ५४ लाख ७६ हजार १६५ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ३२ लाख ७८ हजार ८९५ जना, भारतमा २५ लाख २५ हजार २२२ जना, रसियामा ९ लाख १२ हजार ८२३ जना र दक्षिण अफ्रिकामा ५ लाख ७९ हजार १४० जनामा संक्रमण देखिएको छ ।

कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ७१ हजार ५३१ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६ हजार ५७१ जना, मेक्सिकोमा ५५ हजार २९३, भारतमा ४९ हजार १३४ जना र बेलायतमा ४१ हजार ३५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ । मन्त्रालयका अनुसार आज २४० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ७७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको

काठमाडौँ, ६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । गएराति

एजेन्सी, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध  दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा