घट्यो टेलिकमको आम्दानी

काठमाडौँ, ३१ साउन । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ ।

प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीबापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ । 

त्यसको अघिल्लो आव २०७५/७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ आम्दानी गरेको थियो । त्यसमध्ये सेवा बिक्रीबापत ९ अर्ब २६ करोड र अन्यतर्फ दुई अर्ब रुपियाँ आम्दानी कम्पनीले गरेको थियो ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि मुलुकमा भएको लकडाउनको उक्त अवधिमा कम्पनीले दुई अर्ब १४ करोड रुपियाँ गुमाएको छ । त्यति मात्र होइन, लकडाउनको अवधिमा टेलिकमको खुद नाफा घटेर ९९ करोड ४० लाख रुपियाँ मात्र पुगेको छ । जबकी आव २०७५/७६ को चौथो त्रैमासिकमा टेलिकमको खुद नाफा दुई अर्ब ५५ करोड ८७ लाख रुपियाँ थियो ।

कोभिडका कारण टेलिकमले गुमाएको आम्दानीले गत आवको समग्र आम्दानी र नाफा नै प्रभावित भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई