विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १० लाख ७२ हजार नाग्यो

एजेन्सी, ३० साउन । नोवेल कोरोना ९कोभिड–१९०० भाइरसका कारणबाट संक्रमित हुनेको संख्या २ करोड १० लाख ७२ हजार १२५ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ७ लाख ५७ हजार ४५१ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १ करोड ३९ लाख २४ हजार ३२८ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ५४ लाख १५ हजार ६६६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।

अहिलेसम्म ब्राजिलमा ३२ लाख २९ हजार ६२१ जना, भारतमा २४ लाख ६१ हजार ५४२ जना, रसियामा ९ लाख ७ हजार ७५८ जना र दक्षिण अफ्रिकामा ५ लाख ७२ हजार ८६५ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ७० हजार ४१५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५ हजार ५६४ जना, मेक्सिकोमा ५५ हजार २९३, भारतमा ४८ हजार १५३ जना र बेलायतमा ४१ हजार ३४७ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा २८ लाख ४३ हजार २०४ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २३ लाख ५६ हजार ६४० जना, भारतमा १७ लाख ५१ हजार ८४६, रसियामा ७ लाख १६ हजार ३९६ र दक्षिण अफ्रिकामा ४ लाख ३७ हजार ६१७ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, १५ असोज । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९

इरुवा, १५ असोज । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन

काठमाडौँ, १५ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल १/१ जना गरि थप

काठमाडौँ, १५ असोज । हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले