भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जनामा कोरोना पुष्टि

वीरगञ्ज, ३० साउन । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकलका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष रहेका छन् । बिहीबार अबेर राति प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जनासहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा नरायणी अस्पतालका २७ बर्षकी १ जना महिला डाक्टर, ४ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी, २ जना महिला र १ जना पुरुष नारायणी अस्पतालका सरसफाई कर्मचारी र ३ जना गेट पाले रहेका छन् ।

वीरगन्जस्थित रहेको महावाणिज्य भारतीय दूतावासका ३२ बर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारी रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका १ जना, वडा नं. १० घडीअर्वा पोखरीका २ जना वडा नं. २ छपकैया का २ जना वडा नं. १३ राधेमाइका २ जना र वडा नं. ४,८,१४,१५,२५ का १/१ जना रहेका छन् । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, बारा जिल्ला बिश्रामपुरका २४ बर्षका १ जना पुरुष र महोत्तरी जिल्ला जलेश्वरका ४ बर्षका १ जना बालक र ३७ बर्षकी १ जना महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले बताए । साउन २४ गते देखि २६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४८ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज ५ असोज २०७७, सोमवार वैधृति बभ विशाखा , विश्व शान्ति दिवस र विश्व अल्जाइमर्स दिवस मेष(चु, चे, चो, ला,

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

काठमाडौँ, ४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसीमा कन्टेनरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । सडक किनारामा खेलीरहेकी

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा