हेलिकप्टरद्वारा सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

फाइल फोटो

काठमाडौँ, ३० साउन । नेपाली सेनाको हेलिकोप्टरमार्फत सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् ।

सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । उक्त घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।

टोलीबाट हुने प्रारिम्भक ब्रिफिङका आधारमा थप मद्दत टोली पनि पठाइने बताइएको छ । जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार आज बिहान गएको पहिरोले लिदी गाउँका २२ घर पुरिएको, केही थप घरहरु जोखिममा रहेको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काशी रिमाल भनिन्छ आवधिक निर्वाचन प्रजातन्त्रको मुल आधार को । जनताको हातमा नीहित सार्बभौेमसत्ता निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधीहरुलाइ एउटा निश्चित

नरेश्वर ज्ञवाली आधुनिक विश्वमा कोभिड–१९ अर्थात कोरोना भाइरसले महामारीको रुपलिएको आधावर्ष पारगरिसकेको छ । विश्वब्यापी महामारीको रुपलिएको यो भाइरसले संसारका

रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो,

मन कुमारी जिसी (केसी) प्रजातन्त्रद्वारा महिला बिषयमा डेनमार्कको भ्रमण गरेको पनि २० वर्ष भयो । २०५७ साल भाद्र १० गते