ओटेफद्वारा राहत वितरण: देशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा सांसद पहारीको जोड

पोखरा, २९ साउन । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण गरेको छ । कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेका विपन्न पर्यटन मजदूरलाई ओटेफले राहत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले कोरोनाका कारण मुलुक बाहिर तथा भित्र लाखौंले रोजागारी गुमाएको उल्लेख गर्दै अबका दिनमा तीन वटै सरकारले देशमा नै रोजगारीको वातावरण सिर्जना गरी मुलुकलाई विकसित र समुन्नत बनाउने दिशामा योजनावद्ध रुपमा अघि बढ्नुपर्नेमा जोडदिनुभयो । देश भित्रै श्रम बेचेर नेपाली नागरिकले आफ्नो जीविको पार्जन हुने वातावरण सिर्जना गरी मुलुकको विकास र समृद्धिको यात्रालाई सार्थकतामा पुर्याउँदै आर्थिक वृद्धिदरलाई उच्च बनाउने नीति अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकारको तर्फबाट आफ्नै नेतृत्वमा संघ सरकार तथा नेपाल राष्ट्र बैंकसँग मौद्रिक नीति ल्याउन विशेष पहल गरेको उल्लेख गर्दै उक्त नीतिले केही मात्रामा राहतको व्यवस्था गरेता पनि पूर्ण भने नभएको बताउनुभयो । कोरोनाका कारण पर्यटन क्षेत्रमा सवैभन्दा ठूलो समस्या पैदा भएको उल्लेख गर्दै उहाँले वर्षायाम शुरु भएसँगै बाढी पहिरोबाट क्षती पुगेकोमा दुःख व्यक्त गर्दै बाढी पहिरो पिडितलाई पनि राहतको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले व्यवसायी महिलाले कोभिड–१९ को असरमा परेका पर्यटन मजदूरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रका मजदूरको समस्यालाई बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताउनुभयो । पहारीले कोरोनाको सङ्क्रमण वडामा देखिए पनि आत्तिएरभन्दा सुरक्षित भएर जोगिनुपर्ने धारणा राख्नुभयो ।

ओटेफका अध्यक्ष जमुना पहारीले मजदूर र व्यवसायी एकसिक्का दुई पाटा रहेको बताउनुभयो । कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत ३० मजदूरलाई चामल, दाल, तेल, नूनलगायत सामग्री वितरण गरिएको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021