सत्ताको भण्डाफोर गर्ने, विकासको पहल नै नगर्ने तत्वसँग सचेत होऔंः सांसद बस्नेत

टोल–टोलमा पुगी विकासको लागि ‘जनता जागरण’ अभियानमा जुट्दै सांसद बस्नेत

भक्तपुर, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पछिल्लो समय मौलाएको सत्ताको भण्डाफोर गर्ने र विकासको पहलकदमी नै नगर्ने तत्वसँग आम नागरिक सचेत र सर्तक हुनुपर्ने बताउनुभएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ को नमस्ते टोलमा स्थानीय बासिन्दाहरुसँग भएको भेटघाट कार्यक्रममा स्थानीयहरूको जिज्ञासा, समस्या र समाधानका विषयमा स्थलगत निरिक्षण सहित छलफलका क्रममा सांसद बस्नेतले समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सामाजिक र विकास निर्माणका काममा एकताबद्ध भै अगाडि बढन स्थानीय बासिन्दा र टोल सुधार समितिलाई अनुरोध गर्नुभयो।

लामो समयसम्म भक्तपुरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेपाल मजदुर किसान पार्टीले नेतृत्व गरेको र उक्त क्रममा भक्तपुरले विकासमा बक्तिमुनीको अध्यारोको रुपमा परिचय स्थापीत गरेको बताउँदै सांसद बस्नेतले वर्तमान जनप्रतिनिधि आएसँगै विकासले व्यापक मात्रामा जनचाहना अनुसार फड्को मारेको उल्लेख गर्नुभयो ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्ने उपायहरुको प्रयोग भई गरिएको छलफलका क्रममा सांसद बस्नेतले तीन वटै तहका सरकार तथा कानुनी प्रवधान अनुसार विकासको नयाँ मोडालिटीमा अघि बढ्नुपर्ने वर्तमान समयको आवश्यकता रहेको औंल्याउनुभयो ।

वर्तमान जनप्रतिनिधिहरु निर्वाचित भएसँगै मध्यपुर थिमी नगरपालिकामा सडक निर्माण तथा विस्तार, ढल, खानेपानी, अन्य भौतिक संरचनाहरुसहित सयौं योजनाहरु अघि बढिरहेको जानकारी गराउँदै उहाँले सडक विस्तार र निर्माण गर्दा सकेसम्म घरलाई क्षती नहुने गरी बनाउनुपर्नेमा जोड दिनुभयो ।

समय र परिस्थिती अनुसार विकासको वस्तुगत विश्लेषण अपरिहार्य रहेको औंल्याउँदै उहाँले मनोगत विश्लेषण गरी अतिवादी हुनु नहुनेमा जोड दिनुभयो । हनुमन्ती जग्गा एकिकरण आयोजना (ल्याण्डपुलिङ)को माध्यमले जनताको समस्या समाधान हुने उल्लेख गर्दै उहाँले आयोजना सञ्चालन गर्दा बाक्लो बस्तीमा ल्याण्डपुलिङ नहुने बताउनुभयो ।

अनुभव नलिने तर अनुमानको भरमा कुरा काट्ने प्रवृत्ती रहेको बताउँदै उहाँले विकास नचाहने केही तत्वहरुले कोरिडोर निर्माण तथा ल्याण्डपुलिङको बारेमा नकरात्मक हल्ला फैलाएकोमा गुनासो समेत गर्नुभयो । हनुमन्ते कोरिडोर विकासको मेरुदण्डको साथमा प्राकृतिक विपत्तीको समेत अन्त्य गराउने उल्लेख गर्दै उहाँले कोरिडोर भक्तपुरका लिङक रोड जोड्ने महत्वपूर्ण सडकको रुपमा स्थापीत हुने बताउनुभयो । उहाँले जनताको सक्रियता र सहकार्य भएमा बजेटको समस्या नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पोखरीमा पानी छउन्जेल माछाले किरालाई खान्छ तर पानी सकिएपछि किराले माछा खान्छ । त्यसैले सवैथोक म मात्र हो भन्नु हुँदैन । सवैको साथ, सहयोग र सहकार्य अपरिहार्य हुन्छ । मेरो घर अगाडी कालोपत्रे सडक आओस् तर मेरो जग्गा चाँही अलिकति पनि नजाओस् भन्ने मानसिकता त्याग्नुपर्छ । पानी पनि चाहिने तर ट्याङ्की बनाउन पनि दिन्न भन्नु हुँदैन । मेलम्चीको खानेपानी भक्तपुरमा छुटेको थियो तर हामीले पहिलो लटमा नै पार्न सफल भएका छौं । डिपबोरिङको माध्यमबाट समेत खानेपानीको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’

हनुमन्ते कोरिडोर तथा खानेपानी आयोजनाको लागि केही व्यक्तिहरुले घर घरमा आई हस्ताक्षर गर्न लगाएको र आफुहरुले नबुझि सहिछाप समेत गरिदिएको स्थानीयले बताए । स्थानीयवासीले विकास निर्माणमा कुनै अवरोध नगर्ने प्रतिवद्धता जनाउँदै उक्त स्थानमा सडक निर्माणमा सहयोग गरिदिन सांसद बस्नेतसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021