सत्यको बिरुद्ध लड्दिन, शक्तिको लागि झुक्दिन: प्रधानमन्त्री ओली

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य, वास्तविकता, मुलुक र जनताको लागि आवश्यकताविरुद्ध कहिले पनि नलड्ने बताउँदै कसैको शक्तिको लागि भने कहिले पनि नझुक्ने उद्घोष गर्नुभएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वाता दिँदै प्रधानमन्त्री ओलीले जनता र मुलुक आफ्नो लागि सर्वपरि भएको उल्लेख गर्दै जनताको जनअभिमतका आधारबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सत्यको लागि आफु जे पनि गर्न तयार रहेको उल्लेख गर्दै उहाँले देशी तथा विदेशी शक्तिको लागि भने आफु शिर नझुकाउने स्पष्ट पार्नुभयो ।

आफु अरुका लागि काम गर्ने, विचैलियाको लागि साथ दिने नभई मुलुक र जनताको लागि समर्पित रहेको बताउँदै प्रधानमन्त्री ओलीले निराधार र आफ्नै लागि समेत असोभनिय हुने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पार्नुभयो । आफ्नो जीवन खुल्ला किताव जस्तै रहेको उल्लेख गर्दै उहाँले सत्यको अगाडी आफ्नो र विरानो नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कुरा काट्नेलाई कामले जवाफ दिने समेत बताउनुभयो । लोकप्रिय मानिसलाई अघि बढ्न नदिने प्रवृत्तिको अन्त्य गराएको समेत उहाँले उदाहरण प्रस्तुत गर्नुभयो । आफ्नो बचना बद्धतामा पछाडी फर्कने आफ्नो बानी नभएको उल्लेख गर्दै बोलेको कुरा गरेरै छाड्ने समेत स्पट पार्नुभयो ।

नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गर्नुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट नफुट्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म कसैप्रति आरोप लगाइरहेको छैन । अस्ति पत्रकार सम्मेलन भयो । मैले कुनै जवाफ पनि दिइनँ । तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ । म चुप लागेर बसेको छु । त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ । मैले त्यसको कुनै जवाफ दिएको छैन । म के भन्न चाहन्छु भने पार्टी फुट्दैन । र, फुटाउन कसैले सक्दा पनि सक्दैन । हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि १ भनेर गन्न सुरु गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021