उपत्यकाका नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन शुरु

काठमाडौँ, २९ साउन । उपत्यकामा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन वार्ड नभएको कारण आलोचना खेपेको उपत्यकाका नगरपालिका मेयर फोरम आइसोलेसन र क्वारेन्टाइन बनाउने तयारीमा जुटेको छ ।

मेयर फोरमले चार दिनअघि राजधानीमा आयोजना गरेको बैठकमा उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन संघीय सरकारले निर्माण गर्नुपर्ने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्ने निर्णय गरेको थियो । आइसोलेसन नबनाउने निर्णयको विरोध गरेको फोरमलाई जनताको प्रश्न छ– ‘मेयर साब, खै त आइसोलेसन ?’

देशकै ठूलो काठमाडौं महानगरपालिकामा क्वारेन्टाइन र आइसोलेसन नहुँदा गम्भीर समस्या परेको गुनासो आउन थालेपछि काठमाडौं महानगरपालिका र उपत्यकाका नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन शुरु गरेका हुन् ।

उपत्यकामा कोरोना संक्रमणको कारण अस्पतालहरु भरिभराउ हुन थालेपछि दुई महानगरसहित स्थानीय तह तातेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको दुई स्थानमा आइसोलेसन वार्ड निर्माण गरेको बताउनुभयो । उहाँले वागडोलस्थित ज्यापु समाजको भवनमा ५४ र नेपाल युथ फाउन्डेसनको भवनमा ३२ शैय्याको आइसोलेसन निर्माण भएको बताउनुभयो । यसअघि सातदोबाटोस्थित एन्फा खेल मैदानमा स्थापना गरिएको क्वारेन्टाइन खाली गरेपछि दुई स्थानमा तयार गरेको हो ।

तर, देशकै ठूलो र सुविधा सम्पन्न काठमाडौं महानगरपालिकाले आइसोलेसन तयार गर्न सकेको छैन । कामपाका मेयर विद्यासुन्दर शाक्यले संघीय राजधानी भएको काठमाडौमा आइसोलेसन बनाउने काम स्थानीय तहको नभएको जिकिर गर्दै संघले निर्माण गरेको आइसोलेसन र क्वारेन्टाइनलाई स्थानीय तहले व्यवस्थापन गर्ने तर्क राख्दै आउनुभएको थियो । उपत्यकाका केही स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरे पनि काठमाडौं महानगरसँग क्वारेन्टाइन छैन ।

कामपाका उपमेयर हरिप्रभा खड्की श्रेष्ठले महानगरको आफ्नो क्वारेन्टाइन र आइसोलेसन नहुँदा सर्वत्र आलोचना खेप्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मेयर फोरमका अध्यक्ष रहनुभएका कामपाका मेयर विद्यासुन्दर शाक्यले अहिले आइसोलेशन र क्वारेन्टाइन बनाउन नपर्ने भन्दै हिँड्नुभएको छ । मेरो भनाइ सोध्नुहुन्छ भने महानगरले बदनाम कमाउनबाट जोगिन तत्काल आइसोलेसन निर्माण शुरु गर्नुपर्छ ।’

महानगरका थुप्रै खाली भवन, विद्यालय र अन्य संरचना खाली रहेको अवस्थामा तत्काल निर्माण गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले मेयरले आफूखुसी क्वारेन्टाइन र आइसोलेसन बनाउन हुँदैन भन्नु गलत भएको बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको