अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

काठमाडौँ, २८ साउन । पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ ।

विभागका अनुसार हाल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको छ ।

विभागबाट सेवा लिन स्वयम व्यक्ति नै उपस्थित हुनु पर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थाका कारण अनलाइन र भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नभएकोले तत्कालका लागि स्थगित गरिएको विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणसँगै अनलाइन सञ्चार माध्यमको नयाँ दर्ता, नवीकरण र प्रसारणतर्फको सेवासमेत स्थगित गरिएको जानकारी गराएको छ । तर, श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजुरी र त्यससम्बन्धी कार्य भने सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको