पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

काठमाडौँ, २८ साउन । गृह मन्त्रालयले पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन  कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको प्रमुख जिल्ला अधिकारी थिए । यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट माग्ने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्