पत्रकार बाँनिया मृत अवस्थामा फेला

काठमाडौँ, २८ साउन । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अबस्थामा फेला परेका छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । सोमबार बल्खुचोकमा देखापरेको प्रहरीले जनाएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ । पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । पत्रकार बानियाँ कान्तिपुर दैनिकमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021