निगमकै ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल बन्दै

काठमाडौँ, २८ साउन । नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने भएको हो ।

नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका प्रमुख नवविनोद पोख्रेलले पश्चिम नेपालकै नमुनाका रूपमा निगमको आफ्नै ११ कठ्ठा जग्गामा आधुनिक पम्प निर्माण गर्न लागिएको बताए । उनले सो अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ जडान हुने र सवारी चालकले सवारी साधनमा इन्धन भर्ने क्रममा सवारी धनीलाई जालझेल गरेर ठग्न नपाउने बताए ।

प्रमुख पोख्रेलका अनुसार सवारी धनीको मोबाइल नम्बरमा सवारी साधनको नम्बरसहितको सन्देश इन्धन भर्नेबित्तिकै सवारी धनीको मोबाइलमा पुग्ने हुँदा चालकले सवारी धनीलाई जालझेल र ठगी गर्न पाउने छैनन् ।

अत्याधुनिक पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफीसप र अत्याधुनिक शौचालय निर्माण गरिने छ । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातानुकूलित बनाइने पनि डिपो कार्यालय नेपालगञ्जले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021