लेबनानका प्रधानमन्त्री दियाबद्वारा राजीनामा

एजेन्सी, २७ साउन । लेबनानको राजधानी बेरुतमा दुई सय जनाको ज्यान जानेगरी भएको विस्फोटन ब्यापक भ्रष्टाचारको उपज भएको निष्कर्ष निकाल्दै लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दियका छन ।

सोमबार साँझ राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सन्देश दिँदै दियाबले आफ्नो राजीनामा घोषणा गरेका हुन । प्रधानमन्त्री हसनले राजीनामा दिनुअघि उनका केही मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।

यसैबीच बेरुतको बन्दरगाहमा २ हजार ७ सय ५० टन एमुनियम नाइट्रेट राखिएको र उक्त पदार्थ जोखिमयुक्त भएको जानकारी लेबनानका सुरक्षा निकायहरुले राष्ट्रपति र प्रधानमन्त्री समक्ष पेश गरेको तथ्य, अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको छ ।

लेबनानका राष्ट्रपतिका अनुसार उक्त गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा-सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021