नागार्जुन नगरपालिका भू–सेवा केन्द्र स्थापना गर्ने पहिलो

काठमाडौँ, २६ साउन । नागार्जुन नगरपालिकाले जग्गा प्रशासन सम्बन्धिको काम नगरपालिकाबाटै प्रदान गर्न शुरु गरेको छ । सोमवार नगरपालिकाले भू सेवा केन्द्र स्थापना गरी जग्गा प्रशासन सम्बन्धि काम औपचारिक रुपमा शूरु गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको नीति र कार्यक्रम ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेसँगै कलङ्की मालपोत कार्यालयले जग्गा प्रशासन र भू–सेवा सम्बन्धि काम नागार्जुन नगरपालिका हस्तान्तरण गरेको हो ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र भूमी व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरी भू सेवा केन्द्र नगरपालिकामा स्थापना भएको घोषणा गर्नुभयो । महानिर्देशक पौडेलले भू–सेवा केन्द्र स्थापना गरी काम शुरु गर्ने नागार्जुन नगरपालिका पहिलो भएको बताउनुभयो ।

उहाँले भू–सेवा केन्द्र स्थापना हुनुले संघीयता कार्यान्वयन भएको बताउनुभयो । कार्यक्रममा नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले भू–सेवा केन्द्र स्थापना गरी नगरपालिकाले सेवा प्रवाह गर्न थालेसँगै सङ्घीयता कार्यान्वन भइ जनताले मालपोतको काम स्थानीय स्तरबाटै पाउन थालेको बताउनुभयो । मालपोत कार्यालय स्थानीय तहमा आएसँगै सेवाग्राहीलाई भने सेवा लिन सजिलो भएको छ ।

नगरपालिकाको जग्गा प्रशासन शाखा प्रमुख नारायणप्रसाद तिमल्सिनाले सरकारले यस वर्ष ६० वटा मालपोत कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने योजना अनुसार नै कलङ्की मालपोत कार्यालले नागार्जुन नगरपालिकामा भू सेवा केन्द्र स्थापना गरी जग्गा प्रशासन सम्बन्धि काम हस्तान्तरण गरेको बताउनुभयो । नगरपालिकाले मालपोतको काम स्थानीय तहबाट गर्नका लागि क्रमिकरुपमा पूर्वाधार तयारी गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।