विप्लव समूहका सेक्रेटरीसहित ३ जना पक्राउ

सुर्खेत, २६ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् ।

तिलागुफा गाउँपालिका-७ घोडेगाउँबाट चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम -उदयसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका-६, का जुम्ला सेक्रेटरी भामसहित जुम्लाको हिमा गाउँपालिका-७ धाचु नन्द तिरुवा र सोही ठाउँका सपना बुढा रहेका छन् ।

उनीहरुका साथबाट चन्दा असुलीको ठेली एक थान, सदस्यता फारम ठेली एक थान, केही किताबहरु, ठेकदार स्थानीय तहका जनप्रतिनिधिको नामावलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय