विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

एजेन्सी, २६ साउन । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड १६ हजार ३२६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५९२ पुगेको छ ।

१ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३४ हजार ५२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख १५ हजार ५७१ पुगेको छ । त्यसमध्ये ३२ लाख ६० हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९ हजार ६०० जनाको मृत्यु भएको छ । ५० लाख ३९ हजार ७४६ जना संक्रमित भएकोमा ३८ लाख १० हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५९ हजार ४४८ जनाको मृत्यु भएको छ । ४७ लाख ४२ हजार ४४८ जना संक्रमित भएकोमा ३२ लाख ४० हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ४०८ जनाको ज्यान गएको छ भने १० लाख ५१ हजार ८२१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ३६ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४१२ जनाको मृत्यु भएको छ । २२ हजार ९८६ जना संक्रमित भएकोमा १३ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।