नेतृत्व निर्माण र परिवर्तनको अधिकार महाधिवेशनलाई मात्र हुन्छ : नेता गुरुङ

काठमाडौँ, २५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता किरण गुरुङले नेतृत्व निर्माण र परिवर्तनको अधिकार महाधिवेशनलाई मात्र हुने बताएका छन ।

नेकपाभित्रको जारी बिवादमा आफ्नो धारणा राख्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहेका नेता गुरुङले विधि र विधान पढन पनि सवैलाई सुझाव दिएका छन ।

उनले भनेका छन, विधि र विधान सबैले पढ्नु पर्यो । हावामा भन्नुभएन हजुर ! नेतृत्व निर्माण र परिवर्तन गर्ने अधिकार महाधिवेशनलाई मात्र हुन्छ । निरन्तर खुलेआम गुटको भेला कुन विधि र विधानमा हुन्छ ? भन्नू पर्यो हजुर । तब सबैको चित्त बुझ्छ । आवधिक निर्वाचन प्रणालीअनुसार ५ वर्षको निम्ति निर्वाचित सरकार हो, जुगै भरिलाई हो भने जसरी रोइलो मच्चाइ रहनु पर्दैन । यो लोकतान्त्रिक व्यवस्था हो, निरंकुश व्यवस्था होइन । लोकतन्त्रमा ५ वर्षको कार्यकालसम्म कुर्ने धैर्यता हुनुपर्छ र आउने निर्वाचनमा पराजीत गरी आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने लोकतान्त्रिक व्यवस्था संविधानले गरेकै छ । निर्वाचन र महाधिवेशनबाट भाग्ने कुरा यहाँ कसैले गरेको छैन ।

अर्को कुरा, यो कसैको कठपुतली सरकार होइन, जसले भने जस्तो भएन भने राजीनामा माग्ने र सरकारले राजीनामा दिनुपर्ने । यो भएन र त्यो भएन भनी आरोप लगाउनु र भ्रम छर्नुभन्दा राम्रो क्षमताअनुसार आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी के हो ? बुझेर पूरा गर्नु हो । कसैले पनि पार्टी विभाजनलाई मलजल नगरौं ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021