सीसीएमसीको बैठक आज बस्दै

काठमाडौँ, २५ साउन । कोरोना भाइरस अर्थात कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ ।

केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकभर कोरोना भाइरसको संक्रमित तीव्र बढेसँगै लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा सरकार अन्योलमा छ । आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने बिषयमा कदम चाल्नेछ । सरकारले कुनै प्रकारको लकडाउन जारी नगरेपनि केही स्थानीय निकायहरुमा स्थानीय प्रशासनले कडाइ गरेको छ ।

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरेरर सवारी चलाउन निर्देशन दिएको छ । नेपालमा हालसम्म २२ हजार ५ सय ९२ संक्रमित फेला परेका छन् । जसरमा १६ हजार ३ सय १३ जना निको भइसकेका छन् । ७३ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा