मार्क्स र लेनिनपछि संसारकै सफल राजनेता ‘केपी ओली’: ग्याङ अफ फोरको अराजकता अस्वीकार्य

प्रजातन्त्रका धरोहरमाथीको तिम्रो प्रहार अन्तिम अस्त्र बनोस् । तर नेपाली जनताको २००७ साल देखिको प्रजातान्त्रिक चाहना अन्त्य नहोस् । सायद तिमीले हामीले रोज्न खोजेको अबलम्बन गरिरहेको जनताको बहुदलीय जनवादको रुपबाट तिम्रो २१औं शताब्दीको जनवाद पूरा नहुने देख्यौ वा तिम्रो सत्ताको अभिष्ट पूरा नहुने देख्यौ । त्यो तिम्रो हृदयको गर्भमा होला तर हाम्रो सिद्धान्त अविचलित छ दृढ छ, नेपालको लागि समय र आवश्यकता अनुसारको छ ।

जनचाहना जनअपेक्षा सहितको जनताको बहुदलीय जनवाद अनुरुप नै छ । श्रद्धेय अध्यक्ष कमरेड प्रचन्ड ज्यू, हामीले अहिले पाएको हैसियत जबज कै सिद्धान्तको हो केपी ओलीको चट्टानी अडान, राष्ट्रवादी ब्यक्तित्व संकल्प, राष्ट्र सबलिकरणको मुद्दा नै जनताको अपरिहार्य तत्व भन्ने आत्मसमीक्षा र इतिहासको प्रायश्चित स्वरुपको आजको यो नतिजा हो । दुई तिहाइको सरकार त्यसैले कुनै दम्भ अहंकार होइन । सहकार्य आजको आवश्यकता हो । जनताको चाहना यहि हो ।

नेकपाका प्रवक्ता प्रचण्डका प्रवक्ता होइनन् । यती हेक्का रहोस्, सिङ्गो पार्टीको अधिकारिक धारणा भन्दा बाहिर गएर अभिव्यक्ति दिने अधिकार नारायणकाजी श्रेष्ठलाई छैन । त्यसैले विधि विधान अनुरुप हिड्न सकिँदैन भने पार्टी छोडेर जाँदा हुन्छ तर विधानले चलेक पार्टीमा यस्तो अराजकतावाद स्विकार्न सकिदैन । सानो दुस्खले आज यो पार्टी निर्माण भएको होइन । थोरै नेता कार्यकर्ताको बलिदान संघर्ष मेहनतको नतिजा हो ।

आजको पार्टी सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली प्रतिको भरोसा र विश्वास हो । अहिले पाएको मत जनताले इतिहासको जतिसुकै गर्हौ जिम्मेवारी दिए पनि पछि नहटेको केपी ओलीको दृढतालाई गरेको सम्मान हो । निकट्स्थ दुई तिहाइको मत त्यसैले अस्ति आएका आयातित कमरेडहरुले ठूलो कुरा नगर्दा हुन्छ । तिमीहरुलो बुलेटलाई भन्दा हाम्रो जबजको ब्यालेटलाई दिएको मतको पल्ला धेरै भारी छ । प्रधानमन्त्री चाहिएको हो भने अब ३ वर्ष कुरौं । एकल अध्यक्ष चाहिएको हो भने महाधिवेशन गरौं । अन्यथा केपी ओलीलाई कसैले पदबाट हटाउने चेस्टामात्र गर्छ भने त्यो दिवा सपना मात्र हुनेछ । उसले इतिहासको कठाघरामा उभिएर जनतालाइ जवाफ दिनुपर्नेछ ।

पछिल्लो समय पार्टी भित्र भारतीय एजेण्डा बोकेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट केपी ओलीलाई राजिनामा मागि छिमेकीलाई खुसी राख्ने र नेपाली जनतालाई पुनः अन्धकार युगमा नै धकेल्ने कुचेष्ठा गरेको छन् । त्यो नेपाली जनता तथा नेकपाका कार्यकर्ताले राम्ररी बुझेका छन् । ग्याङ अफ फोरलाई हेक्का रहोस्, नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गरे जनता जाग्नेछन् । त्यसबाट उत्पन्न हुने परिस्थितीको सामना गर्न तयार भए हुन्छ । नेता भएका तर कार्यकर्ता नभएकाले विदेशीको इसारामा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनतामाथि प्रश्न गर्ने छुट कुनै पनि नेतृत्वलाई छैन ।

विश्वमा कम्युनिष्टको नेतृत्व कमजोर भइरहेको समयमा नेपालमा केपी ओलीकै नेतृत्वमा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बन्न सफल भएको छ । यती मात्र हैन, विश्वका कम्युनिष्ट सिद्धान्तका प्रतिपादक काल माक्र्स र लेलीन पछि संसारकै सफल राजनेता बन्न सफल हुनुभएको छ केपी ओली । त्यसैले संसारकै आकर्षणको केन्द्रविन्दु बन्नुभएका राजनेता केपी ओलीलाई असफल बनाई नेकपाको भविष्यलाई अन्धकारको यात्रामा डोर्याउने कुचेष्ठा ग्याङ अफ फोर नेतृत्वले नगर्नुस् ।

जनताको आकंक्षामाथी हुन लागेको तुषारापातको निर्मम समीक्षा आम जनताले गर्ने नै छन् । त्यसैले यो उद्धेलित हुने समय बरालिने समय होइन, एकजुट बनौं । कोरोना माहामारीको विरुद्धमा साथसाथ लडौं । जनताको केपी ओलीप्रतिको आशा निरासामा बदलिन नदिँउ । जय देश जय स्वाभिमान ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ८ वैशाख । कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको ११ औं दिनसम्म पनि भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।