-निर्मल घिमिरे-
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक अनि लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेबापत सरकारबाट हटाउन भारतीय राज्य संयन्त्र र आफ्नै पार्टीका नेताहरू सक्रिय रुपमा हातै धोएर लागी परेका छन । भन्नलाई उनिहरुले बिधी (विधानको बखान गरे तापनी निहित स्वार्थ भनेको केवल “अङ्गुर खान नपाउदा को अमिलो “ मानसिकता बाहेक अरु केहि होईन । अरु जुनसुकै सामान्य परिस्थितीको बेलामा यो मतभेद आएको भए त्यसलाई “एक लोकतान्त्रीक दल भित्रको प्रजातान्त्रीक अभ्यास्” भनेर बचाव गर्न सकिन्थ्यो पनि होला । तर यो बेला मुलुक माहामारीको उच्च जोखिममा छ । दिनानुदिन जनताहरुमा कोरोनाको भाइरस फैलिरहेको छ । मुलुकमा एक किसिमको बन्दाबन्दी अवस्थामा छ । जनताको यो बेलाको आवश्यकता राजनैतिक तिक्डम होइन । यो बेला जतिसक्दो सचेतना, राहत अनि सबै मिली यो बिसम माहामारीको त्रासदी लाई डटेर सामना गर्नु पर्ने बेलामा हाम्रो राजनैतिक दल चाही एक पछी अनेक बखेडा निकालेर थप अलिकप्रिय बन्दै गैरहेको छ ।
हरेक सजिव पार्टी भित्र आन्तरिक द्वन्द्व हुन्छ, छलफल हुन्छ, वादविवाद हुन्छ, जोड घटाउ हुन्छ, छिनोफानो हुन्छ र अन्तिममा सहि निष्कर्ष निक्लेर नै छोड्छ । यो कम्युनिष्टहरूको आचरण र ब्यवहार नै हो । विश्व इतिहासलाई हेर्दै जाने हो भने कम्युनिष्टहरूको राम्रो कार्य शैली र व्यवहारले शक्तिशाली राष्ट्र एवम् अति विकसित देश भएका सन्देशहरू हामी माझ ऐना झैं छन् । त्यसैले कमरेडहरू पार्टी एकीकरण पश्चात हामी यहाँ सम्म आईपुगेका हौं भन्ने पनि हामी माझ ताजा प्रामण नै छन् । सुन्नमा आए अनुसार भारतीय संस्थापन पक्षले प्रचण्ड–माधव समूहलाई सघाउन एक उच्च टोली पठाएका र जसरी भए पनि यही महिना भित्र ओलीलाई बिस्थापन गर्न उनीहरुको मुख्य मिसन भएको कुरा केहि खोज पत्रकारिताले उजागर गरेको छ यसका लागी उनिहरुले बामदेव गौतमलाई उचालिरहेका छन् भन्ने पनि जानकारी आएको छ ।
चुनावमा पराजित भएको प्रतिसोधलाई होईन यो बेला मुलुकको सार्वभौमिकताको सवाल भएकोले बामदेवले काधमा बन्दुक राखेर केपी ओली लाई पड्काउदा भारतको भलो हुन्छ, बामदेव जस्ता परिपक्व नेताले यो बुझ्न सक्नु पर्छ । २०७२ सालामा नाकाबन्दी हुँदा भारतको एकाधिकार तोड्न चिनसँग गरिएको पारवहन सम्झौता ओली हटाउने बितिकै प्रचण्ड र देउवाले निष्क्रिय पारे । उनले यो बुझ्नै पर्नेहुन्छ कि, पछि ओली नै आउन पर्यो सम्झौता पूरा गर्न, अब यहि हुनेछ, ओली जाने बितिकै भारतलार्इ खुसि पार्न नक्सा मुद्दा प्रचण्डले निष्क्रिय पार्नेछन् अनि त्यो जमिन कहिले फिर्ता हुदैन कि भन्ने सामान्य जनमानसमा सङ्का उत्पन्न भैसकेको छ । अवसरवादी ब्यक्तिवादी चिन्तनका केहि झोलेहरु कै कारणले गर्दा आज नेकपा संकटमा परेका हुन । जब सम्म यिनिहरुमा बिचार र सिद्धान्तको रुपान्तरण हुँदैन तब आलोचनाका विषयहरु उठदै गर्छ ।
हुँदा हुँदै दलिय आन्तरिक झगडामा समेत सम्मानित राष्ट्रपति जस्तो सन्स्थालाई ल्याइदै छ र महाअभियोग सम्मको कुराले यती बेला बजारमा सरगर्मी बढाइरहेको छ । ब्यक्ती विशेष जो सुकै हिस्, त्यो खासै बहसको बिसय होईन तर राष्ट्रपति भनेको अत्यन्तै सम्मानित निकाय हो । यो गरिमामय सँस्थालाई कसैले पनि आ(आफ्नो स्वार्थका लागि विवादमा नतानौं । हाम्रो जस्तो आर्थिक अवस्था न्युन भएको मुलुकको राष्ट्र प्रमुखले सादगी जिवन यापन चलाउने पर्नेमा केहि भड्किलो भएको कारण आलोचना हुने गरेको सत्य हो । तर त्यो सबै कुराको स्वयम रास्ट्रपतीले म्यानेजमेण्ट गर्ने होईन । त्यसको जिम्मेवारी सचिवालयको हो । सचिवालय हेर्नेले त्यो आलोचना हुन नदिन सचेत हुनै पर्दछ । गरिमामय पदलाई बिवादमा ल्याउन दिनु हुन्न र जनमानसमा उहाँको आत्मसम्मानमारआस्थामा कम हुने हो कि भनेर चनाखो हुनै पर्दछ । यदी त्यो गर्न सकिएन भने राष्ट्रपति कार्यालयको सचिवालय टिम नै परिवर्तन गर्न सक्नु पर्दछ ।
मैले चाही बुझ्नै नसकिरहेको कुरा नि, अहिले मन्चित नाटक, एकाएक गर्माएको राजनैतिक अस्थिर परिवेश अनि सरकार परिवर्तन गर्न तम्सिएका केहि पात्रहरुको लैनचौरको यात्रा पस्चात आउन सक्ने भावी परिवेशमा यस पछी मुलुकको बागडोर सम्हाल्ने पात्र को त ? प्रचण्ड ? माकुने ? झलनाथ ? वा बामदेव ? यिनै मध्य त कुनै होलान नि, हैन ? हामीले यिनिहरु लाई चाही किन बिस्वास गर्ने रु आधार के त ?
सरकार सन्चालनको टिमवोर्कको स्पिरिडमा तालमेल नमिल्दा प्रमुख नेतृत्वकर्ता को हिसाबले ओलीको पनि केहि कमजोरी पक्कै हुन सक्छ । सो लाई त आपसी छलफलबाट सामाधान गर्नेरगराउनु पो बुद्दिमता निर्णय हो । एकले अर्कालाई पछार्ने “म्युजिकल चियर को खेल खेल्दा यो पटक काले लड्यो भने अर्को चोटी गोरेको पनि पालो असम्भावी छैन है ।
सबैले आत्मा आलोचना गरेर आज सम्म प्राप्त भएको उपलब्धीहरुको रक्षा गर्दै बिराइएको बाटोलाई करेक्सन गरेर सही दिशा तर्फ लैजान सक्नु नै आजको जनमत हो अन्यथा “घर पोलेर खरानी बेच्नु” झै बेबकुफी हुन जान्छ है कमरेड ! यो बेलामा पार्टी अध्यक्ष र प्रधानमन्त्री हट्ने कुरा सम्भव छैन ! तत्काल केन्द्रीय कमिटी बैठक बसि सरकार र पार्टी कमिटीको समीक्षा गर्दै यथासक्दो चाडो माहाधिबेसन गरि सबै कुराको छिनो गरौ ! टाउकोहरु नमील्ने तपाँई हामीले पुच्छर हल्लाएर ‘एकता जीन्दाबाद’ भन्नुको अर्थ के रहन्छ ? ९ जना सचिवालयका र ४२ सदस्यिय स्थायी समितीको एक सानो झुण्डले मनलाग्दी रुपमा सिङ्गो पार्टी नै मासिने गरी चलाउने ? मिडियामा आए दिनहु मिडियामा सुनिन्छ कि, उनिहरु “मिटिङ बसे रे, उनिहरु मध्य यत्ती चाही यता रे, अनि अर्को दिन उत्ती चाही अर्को खेमामा पुगे रे, खोइरो खने रे, उछिटो काटे अरे, राजिनामा मागे अरे”, यस्तै यस्तै मात्र सुनिन्छ । बार्ह सत्तरी नाटक । हजारौ लाखौ कार्यकर्ताहरु अनि सुभेच्छुक हरुको सद्भाव अनि मेहनतले बनेको पार्टी हो यो । यिनै नौ र बयालिस जनालाई जे मन लाज्ञो त्यो गर्न छुट दिएको छैन पार्टी बिधानले ।
मैले बिदेश मै भए पनि पार्टी दस्तावेज राम्रै सँग अध्ययन गरेको छु । जहाँ सर्बोपरी निकाय भनेको महाधिवेशन हो । महाधिवेशन ले नै टुङ्ज्ञाउने हो सबै निर्णय । महधिवेशन नहुँदा सम्मको बिचको अबधीमा काम गर्नलाई केन्द्रिय समिती बनाइएको हुन्छ । केन्द्रीय समिती ठुलो हुने हुने र जुटाउन र सबै को जमघट गर्न छोटो समयमा नै सम्भव नहुने भएकोले केन्द्रिय कमिटी बैठक ढिला समयावधिमा अनि सो को अन्तरालको अबधिमा दिनहु कार्य सन्चालन गर्नको हेतु मात्र हो स्थायी समिति, पोलिटब्युरो बनाउने, त्यो कमिटी शक्तिशाली निकाय हुँदै होईन । अनि सचिवालय त झन त्यो भन्दा पनि कम कम शक्तिशाली निर्णायक निकाय हो । तर अहिले नेकपा भित्र जे हुँदै छ, सबै सचिवालयका केहि मुट्ठिभर का ब्यक्तीहरु अनि स्थायी समितीका केहि ब्यक्तीहरु मिलेर जे मन लाग्यो त्यो निर्णय गर्दै पार्टीलाई अफ्ठ्यारो अवस्थामा पुर्याउन खोज्दै छन्, जुन कदापी सही मार्गदर्शन होईन । सबै जनताहरुलाई यो हेक्का हुनै पर्दछ कि, अहिलेका कुनै पनि सचिवालय अनि स्थायी समिती सदस्यहरु निर्वाचित होईनन । पार्टी एकिकरण ताका अर्को महाधिवेशन नहुन्जेल सम्मका लागी मनोनित मात्र हुन ।
अनि गाउघरमा आफ्नो छानाको सबै भन्दा माथिल्लो भागमा सुर्य अङ्कित झण्डा गाढेर मन बचन र कर्मले कम्युनिस्ट भएका सच्चा कार्यकर्ताहरुको भावनालाई लत्याउदै जे मन लाज्ञो त्यही निर्णय गर्दै पार्टीलाई भड्खालोमा हाल्ने रु होला बिगतमा तपाइहरुले पनि पार्टीलाई यो स्थान सम्म ल्याइ पुर्याउन धेरै मेहनत गर्नु भो होला पक्कै पनि । त्यसमा सबै कार्यकर्ताको सबै नेताजीहरु प्रती उच्च सम्मान छ तर मेरो बुझाइमा गाउघर तिर हुने कार्यकर्ताहरुले त्यो भन्दा बढ्ता घामपानी र दुख खेपेका हुन्छन । काङ्ग्रेसी मात्र भएको गाउमा एकाध घर मात्र कम्युनिस्ट बिचार बोकेर हिड्ने हुँदा कस्तो बिभेदको सामना गर्नु पर्ने हुन्छ त्यो मलाई बाल्यकाल देखी नै राम्रो सँग अनुभुती छ । यसर्थ निर्वाचित अध्यक्ष अनि प्राधानमन्त्री लाई निकाल्ने हो भने पार्टी बिधान अनुरुप महधिवेशनमा जानु पर्दछ ।
यदी त्यो भन्दा पनि कसैलाई हतारो छ भने केन्द्रिय समितीमारसन्सदिय दलमा प्रस्ताब राख्न सक्नु पर्छ र केन्द्रिय समितीले जा सो प्रस्ताब लाई जाती ठहर्यायो भने त्यो सम्भव हुन सक्छ नत्र दुइरचार जना टिका लगाएर पाएका पदका नेताजीहरुले पार्टी विधान बिपरित महाधिवेशन बाट निर्वाचित निकायलाई हलहत्याउने अलोकप्रिय खेल खेल्न थाले भने अनि यस्तै यस्तै अलोकप्रिय काम गर्दै गए भने आगामी चुनावमा यत्ती ठुलो साइजको भिमकाय नेकपा दुब्लाउदै गएर कालन्तरमा जनमोर्चाको साइजमा आउन बेर छैन । यहाँ मननीय कुरा नि लाखौ लाख कार्यकर्ताको बिस्वासले बनेको यो पार्टी स्थायी समिति विचार, सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखडो बनाउने रु डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली नै पो हटाउन खोज्दै छन त, के यो लोकतान्त्रीक अभ्यास यही हो ठूला कमरेड हरु रु सङ्गठन फुट्न दिनु हुन्न अनि फुट्ने माहोल पनि शृजना गराउनु हुन्न है ।
पन्ध्र वर्षसम्म पार्टी को मुखिया बनेका माकुने कमरेडले आफ्नो नेतृत्वमा पार्टीलाई लज्जास्पद अवस्था ‘तेस्रोको पनि अन्तिम लाईनमा’ पुर्याए । जहाँ क्षेत्रीय दल ‘मधेसी जनाधिकार फोरम’ भन्दा थोरै मात्र माथिल्लो हैसियत थियो । अनि प्रचण्ड कमरेडको कुरा गर्दा, स्थानिय चुनावमा शेर बहादुर देउवा सँग सत्ताको लागी गरेका सौदाबाजी अनि लगाएका मितज्यूको साइनो बाँकी छदै जनताले देखाइदिएका स्थान सम्झदा पक्कै कुरी कुरी लाग्नु पर्ने हो । लज्जास्पद हार पछी उहाका आफ्ना अनि सहोदर दाहिना हात मानिने हरुले भटाभट साथ छोड्दै हिडेका बेला एक तरिकाले भन्नु पर्दा, उड्ने प्वाख नै धमाधम झरेर खुइलिनै लागेको बेलामा ओली ले नै हो, “तपाइ एक्लै हुनुहुन्न, आउनुस सँगइ यात्रा गरौला, चिन्ता नगर्नुस “भनेर गाला मा हात राखेर आफ्नो घरमा बास दिएका अनि कमरेड जुन घरमा सम्मानजनक रुपमा बाद पाइयो, दुई साल नपुग्दै बिहान उठेर घरका केहि रुस्ट मनुवाको साथ लिइ केहि झुण्ड बनाएर” यो घर मेरै नाम मा पास गरिदिनु पर्यो” भन्दै अनेक तिक्डम गर्दै हिडेका छन्, जसको मुल्याङ्कन कार्यकर्ता हरुले राम्रै सँग गरेका छन । हेक्का रहोस कमरेड, नेकपाको यो बिशाल जनमत केवल ओली नेतृत्वमा मात्रै सम्भव भएको हो ।
यदी यो बेला सिद्दान्त्, निती र कार्यविधीमा मात्र मत भेद भएको भए त्यो बिसयले प्राथमिकता पाउथ्यो होला तर यो किचलो भनेको केवल आफ्नो हातमा सत्ता हत्याउने भन्दा अन्य मिशन भएको कारण प्रचण्ड कमरेड, माकुने अनि जे। एन। कमरेडले एकमात्र ध्याउन्न केवल सत्तामा पुगेको छ । सत्ता भन्दा अन्यत्र उनिहरुको ध्यान नभएको कारण मिडियामा बोल्ने अर्को तिर भएता पनि निर्दिस्ट नियत केवल आफुले सत्ता हत्याउने भन्दा बढी होईन । पुनाश्च: जनताको विश्वासको जनमत भनेको केवल केपी ओलीको नेतृत्वमा सम्भव भएको कारण उनलाई सो कार्यकाल पूर्ण रुपमा काम गर्न दिनुपर्छ । यदी कसैलाई फेरी पनि प्र.म. वा अध्यक्ष हुन मन लागेको छ भने महाधिवेशन फेस गर्दा हुन्छ । अन्यथा आफुलाई मन लागेको पद दलिय ब्यवस्थामा केवल आफ्नो रहरले सम्भब हुन्न भन्ने हेक्का सबैलाई हुनै पर्दछ ।
यहाँ कसैले कसै माथी घमण्ड देखाउने, त भन्दा म के कम भन्ने, पुरानो गलत प्रवृति र निज सोचलाई त्याग्नुपर्छ । फेरी पनि मिल्नु बाहेक अरू बिकंल्प छैन् । नेपालको राजनीति ईतिहासमा न त पाटी फुटेर जानेहरुको सफल रेकर्ड अहिले सम्म न त फोडाउने हरुकै । अहिलेको गुलेली मट्याङ्ग्राको जस्तो केटाकेटी खेल खेलाइ अलि बढी भो, पार्टी फुट्यो भने केपि न त ओलि र न त प्रचण्ड पक्ष भनेर कार्यकर्ता रही रहदैनन । इमानदार नेता कार्यकर्ता निराश भएर बिदा हुनेछन ।
तसर्थ लाखौं लाख कार्यकर्ताको जनमत बुझ्न पनि महाधिबेशन आह्वान गरौ, त्यहीबाट छिनोफानो गर्दा सबै भन्दा “बेटर सोलुशन” हुन जान्छ अन्यथा जती सुकै कुतर्क गरे पनि यो रबैयाले नेकपाको भविष्य अत्यन्त्रै विशम छ । यत्ती सानो कुरा लाई त हाम्रा नेता जी हरुले बुझुन । मैथिली उखान ‘भाइ फुटे, गवार लुटे’ भने झै फुट्न साथ लुट्नलाई छिमेकी एजेण्ट तारे होटेलमा डेरा जमाएर च्याखे दाउ लगाएर बसेको बसेको खबरको बारेमा सबैजना सचेत हुनै पर्दछ । धेरै शुभ चिन्तक अनि कार्यकर्ताको मनोभावलाई बुझ्न ढिला नगरौ । कार्यकर्ताहरु निराश भएको कारण नेपाली काङ्ग्रेसको साइज कत्रो बाट आज कत्रोमा पुग्यो ? त्यो ‘लेशन लर्न’ हाम्रा नेताजीहरुले पनि गरुन र पार्टी हित अनुरुप अगाडी बढुन, अन्यथा यसको दोश माथी शिर्षकमा उल्लेख भएका जम्मा जम्मी ५१ जनाको भागमा दामासाहीले पर्नेछ । सबैलाई बेलैमा चेतना भया ।
जापान






