इटालियन सिरी ए च्याम्पियनमा युभेन्टस पराजित

एजेन्सी, १८ साउन । इटालियन सिरी ए च्याम्पियन युभेन्टस पराजित भएको छ ।

शनिबार राति सिजनको आफ्नो अन्तिम लिग खेलमा क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्स रोमासँग ३-१ ले पराजित भएको हो ।

घरेलु मैदान भएको खेलमा पाँचौ मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो । २३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । डानिलोले रिकार्डो कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोडेको । पराजित युभेन्टस ८३ अंकमा रोकिएके छ । तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र