विश्वविद्यालयका पदाधिकारीले लिए करोड भत्ता !

काठमाडौँ, १८ साउन । स्थापनाकालदेखि नै विभिन्न विवादमा फस्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा आर्थिक अनियमितता भएको पाइएको छ । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको यो विश्वविद्यालयका तत्कालिन पदाधिकारी, शिक्षक र कर्मचारीले नियमविपरित करोडौं रकम भत्ता लिएका छन् ।

नियमानुसार विश्वविद्यालयका पदाधिकारी र कर्मचारीलाई तलव सुविधा उपलब्ध हुन्छ । तर महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदन अनुसार विभिन्न समयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीले एक करोड तीन लाख १२ हजार रुपैयाँ भत्ता वापत लिएको पाइएको हो । भत्ता बापत भन्दै लिइएको उक्त रकम कानुनविपरित भएकोसमेत महालेखाले ठहर गरेको छ ।

सरकारको स्वीकृती विना नै विभिन्न प्रकारका सेवा र सुविधाको नाममा यो रकम भत्ता वापत लिएको पाइएको हो । एमयूको ऐन २०६७ को दफा ३९ मा विश्वविद्यालयले नेपाल सरकारलाई आर्थिक दायित्व पर्नेगरी कुनै पनि पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधा थप गर्नुअघि अर्थमन्त्रालको स्वीकृती लिनुपर्ने उल्लेख छ । तर विश्वविद्यालयको कार्यकारी परिषद्ले अर्थमन्त्रालयको स्वीकृती नै नलिइ तत्कालिन पदाधिकारीलाई विभिन्न प्रकारका भत्ताको नाममा एक करोडभन्दा धेरै रकम भुक्तानी दिएको पाइएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ । महालेखाले यसलाई कानुनविपरितको खर्च भनेको छ। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक