धादिङको ज्वालामुखी गाउँपालिका ७ मा बन्यो नेकपाको २९ सदस्यीय समानान्तर कमिटी

धादिङ, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्र देखी स्थानीय तहसम्म विवाद व्यापक बन्दै गएको छ । यसै क्रममा जिल्लाको ज्वालामुखी गाउँपालिकाको वडा नं. ७ मा पुरानो कमिटीलाई अस्वीकार गर्दै २९ सदस्यीय समानान्तर कमिटी निर्माण भएको छ ।

नेकपा कुनै एउटा व्यक्ति वा समुहको लागिमात्र नभई आम नेकपामा आवद्ध लाखौं कार्यकर्ताको ढुकढुकी भएको उल्लेख गर्दै नेकपालाई कमाई खाने भाडोको रुपमा प्रयोग गर्नु नहुने भन्दै पुरानो कमिटीले गाउँको विकास र समृद्धिको लागि नभई स्वार्थवादी तथा गरिखाने भाँडोको रुपमा प्रयोग गर्ने केही झुण्डहरुको भएकाले त्यसलाई अस्वीकार गर्दै समय सापेक्ष परिस्कृत र रुपान्तरित ढंगले अघि बढ्ने गरी नयाँ कमिटी गठन गरिएको राष्ट्रिय युवा संघका नेता बाबु छत्कुलीले बताउनुभयो ।

केही अवसर वादी र बिस्तारवादी र आफुनै नेकपाको सर्वमान्य ठानेर एकलौटी ढङ्गबाट बनाइएको ज्वालामुखी गाउँपालिका वडा नं. ७ कमिटीलाई अस्विकार गरि आज बृहत् भेला गरि वडा कमिटी साथै युवा सङ्घ र साविक टोल कमिटी गठन गरिएको नेता छत्कुलीले जानकारी दिनुभयो ।

नयाँ बनाइएको कमिटीका वडाअध्यक्ष सूर्य प्रसाद इटनी, सचिव चेत प्रसाद खकुराल रहने गरि २९ सदस्यीय कमिटी घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । बाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । आज सभामुख सानुकुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको

काठमाडौँ, ९ माघ । वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष

काठमाडौँ, ९ माघ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ ।