राष्ट्रिय सभाका समितिले पुन: सभापति चयन गर्नुपर्ने

काठमाडौँ, १७ साउन । राष्ट्रिय सभाको समितिहरुमा पुन: सभापति निर्वाचन गर्नुपर्ने भएको छ ।

राष्ट्रिय सभाको नियमावलीमा समितिको कार्यविधि समाप्तीसँगै सांसदहरुलाई विभिन्न समितिमा छुट्याइएको जिम्मेवारी पनि सकिएको हो ।

समितिहरु निष्क्रिय बन्ने अवस्था आएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुन: सांसदहरुलाई विभिन्न चार वटा समितिमा विभाजन गरेका छन्। अब समितिहरुले सभापति चयन गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय सभामा दीगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति गरि चार वटा समिति छन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसदको अधिवेशन अन्त्य भएपनि समितिहरुमा सांसदहरु चयन गरेका छन् । समितिको गठन आदेशमार्फत् उनले अधिवेशन चालु नरहेको अवस्थामा पनि सदस्यहरु मनोनयन गरेका हुन् । अब समितिहरुले सभापति चयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै