दुई सबइन्जिनीयरविरुद्ध मुद्दा दायर

काठमाडौँ, १७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

घुस रकम माग गरी भुक्तानी रोकेको सूचनाका आधारमा अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार १६ गते उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

दैलेखको भगवतीमाई गाउँपालिका–३ सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि हुन आएकाले अख्तियारले सबइन्जिनीयरद्वय वीरेन्द्र चन्द र रञ्जितकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिसँग रु ३० हजार घुस नदिए भुक्तानी रोकिदिने भनी चेक लुकाई भुक्तानी रोकेको पुष्टि हुन आएकाले सबइन्जिनीयरद्वय चन्द र श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को कसुरको उद्योग गरेकाले सोही रकम बराबरको बिगो कायमका साथै दफा २१ मा उल्लिखित भएबमोजिम दफा ३ को (१) बमोजिम सजाय माग दाबी गरी मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । बाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । आज सभामुख सानुकुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको

काठमाडौँ, ९ माघ । वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष

काठमाडौँ, ९ माघ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ ।