उपाध्यक्ष गौतमको प्रस्ताव राम्रो छ, त्यसैको आधारमा सहमति खोज्नुपर्छ : नेता नेम्वाङ

काठमाडौँ, १७ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवासचन्द्र नेम्वाङले उपाध्यक्ष वामदेव गौतमको प्रस्ताव सही रहेको भन्दै सोहीआधारमा बिवादको समाधान खोज्नुपर्ने बताएका छन  ।

‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका छ बुँदे अवधारणा सार्वजनिक गरेका थिए । गौतमको प्रस्तावपछि पार्टीभित्रको विवादमा नयाँ सहमतिको आधार बनेको नेता नेम्वाङको ठहर छ । नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले यही प्रस्तावका आधारमा विवाद समाधान गर्दै एकता महाधिवेशनसम्म पुग्न सकिने बताएका छन  ।

उपाध्यक्ष गौतमले पार्टीको एकता महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्षका लागि केपी शर्मा ओली प्रधानमन्त्री रहने प्रस्ताव गरेका छन । यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, सहमतिमा पार्टीको एकता महाधिवेशन आयोजना गर्ने, प्रधानमन्त्रीको दैनिक काममा पार्टीले हस्तक्षेप भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका विषयमा परामर्श गर्ने प्रस्तावमा उल्लेख छ ।

नेता नेम्वाङले अध्यक्षद्वयको सहमतिबेगर एकता महाधिवेशनसम्म अर्काे बिकल्प नभएकोपनि प्रष्ट पारेका  छन । उनले भनेका छन, “दुई पार्टीबीचको एकताको आधार सहमति हो । दुई अध्यक्षले पार्टीको नेतृत्व गर्नुहुन्छ, यो प्रस्ट छ । यो कुरालाई हेक्का राख्नुपर्छ ।”

उनले विचार र सिद्धान्तको विवाद नदेखिएकाले समस्याको समाधान गरेर जान सकिने विश्वास व्यक्त गर्दै कोरोना, बाढीपहिरो, भारतसँगको सम्बन्धमा आएको तिक्तताबीच पार्टीभित्र विवाद भन्दा एक ढिक्का भएर समस्या समाधानतिर लाग्नुपर्ने समयको चुनौती रहेको स्पष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको

काठमाडौँ, ६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । गएराति

एजेन्सी, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध  दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा