व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्य: मन्त्री भट्टराई

काठमाडौँ, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले व्यक्तिगत व्यापारीक स्वार्थमा पशुपति क्षेत्रमा भइरहेको अतिक्राण स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।

पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताउँदै उहाँले उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने बताउनुभयो । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि सम्पदाविद जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय