फ्रेन्च लिग कपको उपाधि पीएसजीले जित्यो

एजेन्सी, १७ साउन  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ ।

गएराति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो । लिग कपको फाइनल खेल गोलरहित बराबरीमा सकिएको थियो । सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए ।

पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले थिए । दोस्रो हाफको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड दर्शन गर्दै मैदान बाहिरिएका थिए ।

उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए । गएको शुक्रबार पीएसजीले सेन्ट इटिएनलाई १-० ले हराउँदै फ्रेन्च कपको उपाधि पनि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड