सांसद बस्नेतको पहलमा ‘हनुमन्ते कोरिडोर’ निर्माण कार्य अघि बढ्ने: गर्यो ४ महत्वपूर्ण निर्णय

भक्तपुर, १७ साउन । जिल्लाकै विकास र समृद्धिको महत्वपूर्ण आयोजन तथा मेरुदण्डको रुपमा रहेको हनुमन्ते नदीको कोरिडोर निर्माण कार्यले पक्रियागत रुपमा तिव्रता पाउने भएको छ ।

विगत केही समय अघिदेखी सामान्य विवादका कारण निर्माण कार्य रोकिएको उक्त कोरिडोर निर्माणले अब तत्काल अघि बढ्ने भएको छ । हनुमन्ती जग्गा एकिकरण आयोजना व्यवस्थापन उपसमितिको बैठक सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुअ आतिथ्यतामा शुक्रवार सम्पन्न भएको छ । उक्त बैठकले कोरिडोर निर्माणको क्रममा देखिएका समस्याहरुलाई समाधान गर्दै निर्माण कार्यतालाई अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा हनुमन्ती जग्गा एकिकरण आयोजनाको क्षेत्रमा उपभोक्ता (सहयोग) समिति गठन गर्ने, आयोजना क्षेत्रको डिपिआरका लागि पुनः सूचना जारी गर्ने, हनुमन्ते नदीको कोरिडोर र जग्गा एकिकरण आयोजनाको कार्य संगसँगै गर्ने र आयोजना प्रमुखको छनौटका लागि सूचना प्रकाशित गर्ने तथा विविध गरी पाँचवटा छलफलका विषयहरु बनाइएको थियो ।

उक्त कोरिडोर निर्माणको लागि सांसद बस्नेतको विशेष पहलमा हाल दुई अर्व रुपैया बजेट विनियोजन भएको छ । उक्त करिडोर निर्माण सम्पन्न भएसँगै भक्तपुरको विकासले कोल्टे फेर्नेमात्र नभई विकासको मेरुदण्डको रुपमा स्थापीत हुनेछ । जसले गर्दा भक्तपुरमा वर्षायामसँगै प्रत्येक वर्ष हुने डुवानको समस्या दिर्घकालिन रुपमा समाधान समेत हुनेछ । अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा समेत उक्त कोरिडोर प्रयोगमा आउने छ । जसले गर्दा भक्तपुरमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामको समेत समाधन हुने छ । त्यती मात्र नभई उक्त आयोजना सांसद बस्नेतको ड्रिम प्रोजेक्ट समेत रहेको छ ।

वर्षायामको डुवान तथा अन्य विविध समस्याहरु वर्षेनि भइरहेकाले विवादलाई समाधान गरी निर्माणको क्रममालाई अघि बढाउनुपर्ने जनदवाप समेत व्यापकमात्रामा उठेको थियो । उक्त कोरिडोर निर्माण सम्पन्न नभएकाले नै हनुमन्ते आसपासमा वर्षेनी डुवानका साथै भौतिक र मानविय क्षती समेत हुने गरेको छ । कोरिडोर निर्माणसँगै उक्त समस्या अबका दिनमा दिर्घकालिन रुपमा समाधान हुने भएको छ । यो सँगै आसपासका स्थानीयवासीमा वर्षायामसँगै हुने डर र त्रासको दिन समेत समाप्त हुने भएको छ ।

बैठकले कोरिडोरको समस्या समाधान गर्न ४ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा

सांसद बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सूर्यविनायक नगरपालिका प्रमुख थापा (अध्यक्ष), मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ (उपाध्यक्ष), सूर्यविनायक नपाका उपप्रमुख जुना बस्नेत (सदस्य), मध्यपुर नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी (सदस्य), काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधि सुभाष चन्द्र अर्याल (सदस्य), भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे (सदस्य), सहरी विकास मन्त्रालयका प्रतिनिधि इ. विवेक बहादुर सिंह (सदस्य), उपत्यका विकास प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेल (सदस्य), नापी कार्यालय भक्तपुरका अधिकृत ज्ञानेन्द्र विष्ट (सदस्य), मथिनपा वडा नं. ३ का वडाध्यक्ष प्रेम बहादुर कुटु, वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ (सदस्य), वडा नं. ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ (सदस्य), सूनपा वडा नं. २ का वडाध्यक्ष कमलनाथ आचार्य (सदस्य), वडा नं. ३ का शिवसरण खत्री (सदस्य), वडा नं. ४ का वडाध्यक्ष उक्तम थापा (सदस्य), वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी (सदस्य), काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधि डोरकाजी श्रेष्ठ (सदस्य), प्रेमलाल भासिमा (सदस्य सचिव), बाग्मती प्रदेशका सांसद रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, अनिरुद्र नेपाल सूनपा, दिनेश थापा स्वकीय सचिव (महेश बस्नेत) लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले ८ वटा महत्वपूर्ण निर्णय गरेको छ । आज

काठमाडौँ, ६ असोज । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेको