विश्वभर एकैदिन २ लाख ९२ हजार बढी कोरोना सङ्क्रमित थपिए

एजेन्सी, १७ साउन । विश्वभर हिजो एकैदिन २ लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५ सय २७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् । अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै सङ्क्रमित थपिएका संगठनले जनाएको छ । ६ हजार ८ सय १२ जनाको भने ज्यान गएको छ ।

हिजो मात्रै ब्राजिलमा सबैभन्दा धेरै ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा हजार ६ सय ७० जना थपिएका डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणका कारण अमेरिकामा १ लाख ५३ हजार, ब्राजिलमा ९२ हजार, मेक्सिकोमा साढे ४६ हजार, बेलायतमा ४६ हजार, भारतमा साढे ३५ हजार, इटालीमा ३५ हजार, फ्रान्समा ३० हजार र स्पेनमा २८ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

वल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म एक करोड ७७ लाख कोरोनाका सङ्क्रमित छन् भने ६ लाख ८२ हजार जनाको ज्यान गएको छ । एक करोड ११ लाख भने उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ५९ लाखमध्ये एक प्रतिशत अर्थात साढे ६५ हजारको अवस्था जटिल भए पनि बाँकी ५८ लाखको अवस्था सामान्य छ ।

त्यस्तै नेपालमा संक्रमितको संख्या १९ हजा ७ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । बाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । आज सभामुख सानुकुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको

काठमाडौँ, ९ माघ । वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष

काठमाडौँ, ९ माघ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ ।