सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराउदै लेखेका छन, ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन । म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, १५ असोज । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९

इरुवा, १५ असोज । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन

काठमाडौँ, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा

काठमाडौँ, १५ असोज । हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले