भ्रष्टाचारको आरोपी एम्बुलेन्स चालकको म्याद थप्न कांग्रेस नेताहरुको दबाब

भक्तपुर, १६ साउन । नेपालकै दोश्रो पुरोना अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालमा भ्रष्टाचारको आरोप लागेका एम्बुलेन्स चालकको म्याद थप गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी लगायतका नेताले दबाब दिएका छन् ।

अस्पताल व्यबस्थापन समितिले नियुक्त गरेका बा.२ झ. ३९९८ नम्बरको एम्बुलेन्स चलाउँदै आएका कृष्णराम कोजुलाई विभिन्न शिर्षकमा अनियमितता गरेको भन्दै अस्पतालले दुई महिनादेखि एम्बुलेन्स चलाउन रोक लगाएपछि म्याद थप गर्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख खड्कीले अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा. सुमित्रा गौतमलाई दबाब दिनु भएको बताईएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वका अस्पतालको अबस्थाबारे जानकारी लिन गएको छड्के अनुगमनमा कर्मचारीहरुले उपप्रमुख खड्गी, काँग्रेस स्थानीय नेतादेखि प्रदेशसभा सदस्यसमेतले दबाब दिएको जानकारी गराएका थिए ।

अस्पताल परिषरमा एक कर्मचारीले भने–“भक्तपुर अस्पताल एउटा एम्बुलेन्स चालकले हल्लाएका छन्, उनले गरेको अनियमितता रोक् भन्नु पर्नेमा उल्टै काठमाडौं कि उपप्रमुख हरिप्रभा खड्गी, काँग्रेसका सांसदले उसलाई कुनै हालतमा राख्दै पर्छ भनेर दबाब दिन्छन्, काँग्रेसका यहाँका नेताले त अस्पताल मै आएर दबाब दिएर गएका छन्, अनि अस्पताल के राम्रो हुन्थ्यो ।”

अनुगमनमा जिसस प्रमुख गेलालले यसबारेमा बुझ्दा मेडिकल सुपरिटेन्डेण्ट डा. गौतमले चालक कोजूलाई राख्न खड्गी र नेताहरुको दबाब आएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो–“अस्पताल राम्रो गर्न खोज्यो, सानो कुरामा धम्की आउँछ, नेताहरुले अस्पताल राम्रो बनाऊ भनेर दबाब दिनुपर्नेमा अनियमितता गर्नेलाई राख्नु पर्छ भनेर दबाब दिनुहुन्छ ।” अस्पतालको विकासमा राजनीतिक रङ दिएर होस् वा कर्मचारी युनियनको त्रास देखाएर होस् अस्पताल सुधारका योजनामा समस्या दिदै आएको अस्पतालका कर्मचारीको गुनासो छ ।

अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवालले एम्बुलेन्स चालकलाई राख्न दबाब आएको स्वीकार गर्नुभयो । अस्पतालको आज बसेको बैठकमा एम्बुलेन्स चालक कोजूको म्याद नथप्ने निर्णय गरेपछि पनि नेताहरुको दबाब आएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख गेलालले अस्पतालमा खुल्लमखुल्ला भ्रष्टाचार गर्नेलाई राजनीतिक संरक्षण दिन नहुने बताउनुभयो । प्रमुख गेलालसहित समन्वय समितका उपप्रमुख सरिता कुँवर, अन्य सदस्यहरु, कर्मचारी र पत्रकारसहितको अनुगमन टोलीमा कर्मचारीले राजनीतिक दबाब रोक्न नसक्दा समस्या आएको गुनासो गरेका थिए ।

भक्तपुर अस्पतालको सभाहलमा अनुगमन टोलीलाई मेसु गौतमले अस्पताल सुधारका लागि गरेका प्रयासकाबारेमा जानकारी दिदै काममा बेइमानी गर्ने एक एम्बुलेन्स चालकलाई समेत कारवाही गर्न रोकेको भन्दै दुखेसो पोख्नुभयो ।

अस्पतालका अनुसार कोरोना सङ्क्रमणको बेलामा संकलन गरेको स्वाब टेकु अस्पताल लैजान नमाने पछि अरुण सैजूको आरएनए–१६ ग्रुपले टेकु लाने गरेको, रातीको समयमा एम्बुलेन्स चलाउन नमानेको, काममा ध्यान नदिएको, बिरामी बोक्दा लिएको शुल्कको बिल नकाटी अनियमितता गरेको, हिसाव र रकम लेखा शाखामा महिनौसम्म पनि नबुझाउने गरेको, जानकारी नै नगराई सर्भिसिङ्ग, मर्मत र तेलको नाममा रकम लिने गरेको, सामाजिक सञ्जालमा अस्पतालकोबारेमा जथाभावी लेख्ने गरेको चालक कोजू माथि आरोप छ ।

जिल्ला समन्वय समितिका प्रमुख गेलालका अनुसार कोजु यसभन्दा पहिला समन्वय समितिले सञ्चालन गरेको एम्बुलेन्स चलाउँथे । त्यहाँ पनि काम राम्रो नगरेको, हिसाव पारदर्शी नगरेको भन्दै त्यहाबाट निष्काषण गरेपनि राजनीतिक दबाबमा भक्तपुर अस्पताल अस्पतालमा नियुक्ती पाएका थिए ।

राजनीतिक दबाब आएपछि मेसु डा. गौतमले ती चाकललाई विभिन्न शर्तमा एक पटकलाई तीन महिनाको करारमा राख्ने र अस्पताल प्रशासनलाई चित्त बुझ्दो काम नगरे निष्काशन गर्नेगरी राख्ने तयारी गरेपनि व्यबस्थापन समितिको बैठकले नराख्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला

काठमाडौँ, ८ असोज । संघिय संसद महिला तथा सामाजिक समितिले नेपाल बालसंगठनको विद्यमान अवस्था र सुधारको लागि ६ बुँदे निर्देशन

काठमाडौँ, ८ असोज । सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार

काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम