भक्तपुर राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बन्यो: सांसद बस्नेत

भक्तपुर, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विगतमा पिछडिएको जिल्लाको रुपमा परिचय स्थापीत गरेको भक्तपुरले आगामी दिनमा राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै आकर्षणको केन्द्रविन्दुको रुपमा आफ्नो परिचय स्थापीत गर्दै लगेको बताउनुभएको छ ।

राष्ट्रिय बिभूति शंखधर साख्वास् प्रतिष्ठानद्वारा विहिवार भक्तपुरमा आयोजित शंखधर साख्वाः संग्रहालय स्थापनार्थ विज्ञहरु सहितको तयारी बैठकमा बोल्दै सांसद बस्नेतले भक्तपुरले कला, संस्कृति तथा सम्पदाको धनी जिल्लाको रुपमा आफ्नो परिचय स्थापीत गरेको उल्लेख गर्दै पर्यटकीय दृष्टिले अन्तर्राष्ट्रिय आकर्षणको केन्द्रविन्दु रहेको स्पष्ट पार्नुभयो । भक्तपुरको प्राचिन कला, संस्कृति, परम्परा लगायत नगरकोट, घ्याम्पेडाँडा, विश्वकै अग्लो भनिएको १४३ फिट अग्लो कैलाशनाथ महादेव, डोलेश्वर मन्दिर, राष्ट्रिय विभुती शंखधर साख्वाः, विभिन्न संग्रहालय, ऐतिहासक दरवार, पाँच तले मन्दिर, प्राचिन रानीकोट लगायतका पर्यटकीय आकर्षणका केन्द्रविन्दुहरु रहेको उल्लेख गर्दै उहाँले थिमीमा कलात्मक ढंगले सम्पदाको संरक्षण तथा सम्वद्र्धन भएसँगै अझ बढी प्रभाव बढ्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

 

मध्यपुर थिमी नगरपालिका र स्थानीय क्षेत्र विकास कोष (सांसद कोष)को संयुक्त रु १ करोड लगानीमा निर्माणाधिन शंखधर संग्रहालय भवन तथा मथिनपा र कामनपाको साझेदारीमा निर्माण भैरहेको शंखधर पार्कको स्थलगत अनुगमन गर्दै सांसद बस्नेतले भवन भित्रै शंखधर स्वाख्वाःको विविध संगहालय निर्माण गर्ने र सोको माध्यमबाट जानकारी लिन सक्ने गरी निर्माण गर्ने योजना अघि बढाएको र त्यसको लागि आवश्यक स्रोत साधनको कमि हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

मध्यपुर नपाले पनि कला, संस्कृति र सम्पदालाई उच्च प्राथमिकता दिएको साथै बजेटको समेत व्यवस्थापन गरेको जानकारी गराउँदै उहाँले संग्रहालयका निर्माण गर्दा यसका सन्दर्भ सामग्रीको समते संकलन, व्यवस्थित र सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

परिवर्तित तथा रुपान्तरित रुपमा खोज, अनुसन्धन तथा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालमा कुनै पनि कुराको खोज तथा अनुसन्धानको विषय बनाउँदा नकरात्मक ढंगले आलोचना गर्ने गरिएको भन्दै गुनासो गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीको अयोध्यामा भएको हो भनि अभिव्यक्ति दिँदा सतहबाट नकरात्मक टिप्पणीहरु आएको गुनासो गर्दै उहाँले खोज तथा अनुसन्धानको विषयलाई नै छायाँमा पार्ने गरी अभिव्यक्ति दिनु उपयुक्त नहुने बताउनुभयो ।

प्रतिष्ठानका चन्दनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रतिष्ठानका संस्थापक अध्यक्ष मदन कृष्ण श्रेष्ठ, प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, सचिव ज्ञानकृष्ण श्रेष्ठ, कोषध्यक्ष शुरेस प्रधान, इतिहासविद् काशीनाथ तमोट, प्रमुख राष्ट्रिय संग्रहालयका संल्लाहकार सैभाग्य प्रधानाङ्ग, पुरातत्वविद् प्रकाश दर्नाल, प्रमुख अनुमान ढोका दरवार हेरचार सल्लाहकार अरुणा नकर्मी, अध्यक्ष इमेज च्यानल सल्लाहकार आर के मानन्धर, भेषनारायण दाहाल कार्यकारी निर्देशक नारायणहिटी दरवार संग्रहालय, संग्राहलय विज्ञ यमुना महर्जनलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले