जनताको समस्या बुझ्न सांसद पहारी घरदैलो कार्यक्रममा

कास्की, १६ साउन । जनताको समस्या तथा चाहनालाई बुझ्न सक्नु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी हो । समय सापेक्ष र परिस्थिती अनुसार वदलिँदो जनताको चाहना र मागलाई सम्बोधन गर्दै मुलुकको विकास र समृद्धिको यात्रा आफ्नै ठाउँबाट शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आत्मसात् गर्दै जनताको समस्या बुझ्न घरदैलो कार्यक्रम गर्नुभएको छ ।

‘आफ्नो गाउँको विकास आफै गरौं’ भन्ने मान्यताका साथ सांसद पहारीले मुलुकलाई समृद्ध बनाउन सवै नेता, कार्यकर्ता, जनता तथा सम्बन्धीत निकाय एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिँदै जनताको समस्या तथा आवश्यकतालाई एक पछि अर्को गर्दै परा गर्ने क्रममा आज अन्नपूर्ण गाउँपालिकाको वडा नं. १ सिम्पालीका जनताको घर घरमा पुगी जनतासँग सुख दुख साटासट गर्नुभएको मात्र छैन, आगामी दिनको विकासको यात्रालाई कसरी सुदृढ र प्रभावकारी बनाउन सकिन्छ भनि जनतासँग सहकार्य, सहयोग तथा आवश्यकताको बारेमा छलफल गर्नुभएको छ ।

ईच्छाशक्ति र दृढता भयो भने लकडाउनको बिचमा पनि गुणस्तरीय काम गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्नु भएको छ अन्नपुर्ण १ सिम्पालिका जनताले । आज कास्की क्षेत्र ३ ख अन्तरगत अन्नपूर्णगाउँपालिका वडा न १ स्थित सिम्पाली माझ गाउँमा मा ०७५र०५६ मा ५० लाख रकम बिनियोजन रकमले बाटो ढलान भएको गरिएको थियो । उक्त ढलान बाटो बाटो अनुगमन सांसद पहारी, नेकपा जिल्ला कमिटीका सदस्य, वडा कमिटी प्रतिनिधित्व ब्यक्तिहरु र समाजसेवी ब्यक्तिहरु र समिति सहितको प्रतिनिधित्व टोलिले विकास निमार्णका काममालाई अनुगम गर्नु भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण कामको तिव्रतामा कम भएको र यस कामको गति बढाउन पर्छ र कामलाई अब निरन्तरता दिनुपर्ने भन्दै पाहरी विभिन्न स्थानको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उक्त स्थानका जनताले भने, ‘यती चाँडो यो बाटो ढलान हुन्छ भनेर सोचेका पनि थिएनौं ।’ सांसद पहारीको पहल तथा सक्रियतामा भएको कामहरुले जनताहरु निकै खुसी भएको बाहिरबाट देख्न सकिन्थ्यो । अविरल बर्षाको कारण विभिन्न ठाउँमा पहिरो घर बस्तीलाई असर परेको हुँदा त्यस ठाउँका जनताको समस्या बुझ्नलाई सांसद पहारी घरदैलो कार्यक्रम गर्नुभएको हो ।

अनुगमनका क्रममा सांसद पहारीले जनताको चाहना अनुसारको विकास हुनेमा विश्वास दिलाउँदै जनताको समस्यालाई समाधानको उपायहरु खोजी गर्दै आगामी दिनमा पुनः समस्या आउन नदिने गरी योजनावद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले उक्त स्थानमा भइरहेका कामहरुको बारेमा जानकारी समेत लिनुभयो । आगामी दिनमा विकास निर्माणका आयोजनाहरुको निर्माण छिटो हुनेमा विश्वास दिलाउँदै उहाँले जनताको साथ र सहयोगको निरन्तर अपेक्षा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन्

काठमाडौँ, २८ भदौ । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको

एजेन्सी, २४ भदौ  ।  पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि

एजेन्सी, २३ भदौ । फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको छ । यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको