अभिनेत्री ऋचा शर्माले ल्याइन् ‘चलचित्र टिभी’

काठमाडौँ, १६ साउन । अभिनेत्री ऋचा शर्मा ‘चलचित्र टिभी एप’  ल्याएकी छिन् ।

बुधबार उनले सञ्चालनमा ल्याएको ‘चलचित्र टिभी एप’ औपचारिक रूपमा सार्वजनिक गरेकी छिन् ।

 ऋचाले एक महिनाअघि आफ्नो इस्टाग्रामबाट ‘चलचित्र टिभी एप’ बारे जानकारी दिएकी थिइन्। उक्त एप मार्फत देश तथा विदेशमा रहेका श्रोता-दर्शक समक्ष नेपाली फिल्म पुर्‍याउने लक्ष्य राखिएको ऋचा बताउँछिन् ।

हलमा लागिसकेका नेपाली फिल्म छुटे, पछि हेर्न पाइने निकै कम प्लेटफर्म छन्। त्यसैले यो एपमार्फत् अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली फिल्म फैलाउन सकिने उनको आशा छ ।

वेबमार्फत सार्वजनिक भएको चलचित्र एप केही सातामा एन्ड्रोइड र आइओएसमा पनि सार्वजनिक हुने जानकारी उनले दिइन् । ऋचाका अनुसार, यो एपले लिएको ‘कपिराइट’ फिल्म युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा कुनै जानकारी बिना अपलोड हुन्छ भने २४ घण्टामा पत्ता लाग्नेछ। वेबसाइटको भने अझै काम भइरहेको छ। योबाहेक भिडिओ तथा फिल्म चल्दा बफरिङ समस्या रोक्न खास सफ्टवेयर प्रयोग भएको उनी बताउँछिन् ।

अहिले वेबबाट मात्रै ९ हजार बढीले एपमा ‘साइन अप’ गरेका छन् । उक्त संख्यामध्ये सर्वाधिक नेपालबाट, त्यसपछि क्रमशः अमेरिकी र बेलायती मुलुकबाट छन् । तत्काल एपमा ‘पे पर भ्यू’ अर्थात् हरेक फिल्म हेर्न तोकिएको शुल्क तिर्नुपर्ने प्रावधान छ। सन् २०२१ सम्म भने ‘सब्सक्रिप्सन मोडल’ अर्थात् मासिक वा वार्षिक एकमुष्ठ शुल्क तिरेर हेर्न मिल्नेछ ।

हाल चलचित्र टिभी एपमा ‘छक्का पञ्जा ३’, ‘दाल भात तरकारी’ र ‘छ माया छपक्कै’ गरी तीन फिल्म तयार छन्। योबाहेक ६ वटा छोटा फिल्म पनि देखाइँदैछ।

यी फिल्म हाल ९९ रूपैयाँ तिरेर हेर्न सकिन्छ । पछि भने फिल्म र गुणस्तरअनुसार शुल्क तोकिने उनले जानकारी दिइन् । चलचित्र टिभी एपमा नेपाली समयअनुसार बेलुका ६ बजेबाट फिल्म हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्