मेलम्चीको पानी अब मङ्सिरमा

काठमाडौँ, १६ साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ ।

यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप दुई महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा दुई महिना पर धकेलिएको छ ।

समितिले अकस्मात् खुलेको गेटसँगै थप दुईवटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यस कारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान