नेता आचार्यद्वारा सागमा दोहोरो स्वर्ण विजेता मन्डेकाजीलाई नगदसहित सम्मान

काठमाडौँ, १५ साउन । राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यतामा गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा करातेको एकल र टिम कातातर्फ दोहोरो स्वर्ण जितेका खेलाडी मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मान गरिएको छ ।

नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका खेलाडी श्रेष्ठलाई ललितपुरस्थित होटल भिभान्तामा एक कार्यक्रमबीच पाँच लाख नगद सहित सम्मान गरिएको छ ।

मण्डेकाजीलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका सीईओ तथा करातेका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा सम्मान गरिएको हो । कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोसिद उनिथान र स्थानीय समाजसेवी युनुस डंगोलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको  छ । Exchange Rate

काठमाडौँ, २ असोज । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, २ असोज । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय