मन्त्री भट्टलाई ज्यान मार्ने धम्की !

काठमाडौँ, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।

आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।

‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ ।’ ‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो (भने)’ मन्त्री भट्टले थपे ।

नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उनले बताए । ‘हाम्रो प्रवृत्ति भित्र के छ भन्ने नबुझी, नहेरी सुनी सुनाईका कुरामा गइराछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय