एजेन्सी, १५ साउन । मराठी अभिनेता आशुतोष भाकरे आफ्नै घरमा मृत फेला परेका छन् । ३२ वर्षीय अभिनेता आशुतोष नाँडेडस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
अभिनेता आशुतोषको मृत्युको खबर प्रहरीलाई उनकै बुबाले दिएका हुन् । शिवाजी नगर प्रहरी वृत्तका अनुसार उनको मृत्युको खबर बुधबार दिउँसो साढे १ बजे पाएको हो ।
उनको मृत्युको रिपोर्ट अहिलेलाई दुर्घटनात्मक मृत्युको नाममा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ । उनको बुबाले प्रहरीलाई दिएको बयानमा आशुतोषको मृत्युमा कसैलाई पनि दोषी उल्लेख नगरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि परिवारका अन्य सदस्यहरूसँग प्रहरीले सोधपुछ गर्न भने बाँकी छ ।
उनी अभिनेत्री मयूरी देशमुखसँग वैवाहिक सम्बन्धमा थिए । नवभारत टाईम्स