विद्यार्थीको पठन पाठन अघि बढाउन शिक्षा मन्त्रालयले गर्यो सात बुँदे निर्णय

काठमाडौँ, १५ साउन । लकडाउनका कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे निर्णय गरेको छ ।

कोभिड १९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालन र सहजीकरण हुने गरी निर्णय भएको हो ।

मन्त्रालयको निर्णयमा २०७७ भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संघात्मक विवरण संकलन गर्नुपर्ने, शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए त्यस भन्दा अघि नै नतिजा प्रकाशन गर्नुपर्ने रहेको छ ।

नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षक विद्यालय पुगिसक्ने व्यावस्था मिलाउने तथा सकेसम्म विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने र क्वारेन्टिन तथा आइसोलेसनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ ।

यस्तै विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड १९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचना नराख्न सरोकारवालालाई अनुरोध गर्ने निर्णय मन्त्रायले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई