काँग्रेसद्वारा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन

काठमाडौँ, १५ साउन । नेपाली काँग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ ।

आज सभापति शेरबहादुर देउवाले कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मीहरुलाई  मनोनयन गरेको काँग्रेसका मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ । सो प्रावधानअनुसार काँग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ ।

यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमको व्यवस्था छ । यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना