मेलम्चीको छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौँ, १५ साउन । मेलम्ची सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । प्रतिवेदन सार्वजनिक हुनुअगावै आयोगले घटनाका विषयमा जानकारी गराउन मन्त्रालयलाई लिखित पत्राचार गरेको थियो ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको जानकारी दिए । गत असार २१ गते परीक्षणका लागि सुरुङमा पठाएको पानी सिन्धुपाल्चोकको हेलम्बुस्थित फ्लसिङ अडिटको ढोका फुटेर बाहिर आएपछि चार जना कर्मचारीलाई बगाएको थियो ।

बगाएका मध्ये एक जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जनाको उपचार भइरहेको छ । मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजनमा गठन गरेको समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै अख्तियारलाई पठाइएको हो । उक्त प्रतिवेदन मंगलबार मन्त्रालयका सचिव माधव बेल्बासेलाई बुझाइएको थियो । प्रतिवेदनमा प्राविधिक त्रुटि मात्र होइन, ढोका र नटबोल्टको गुणस्तरमाथि पनि प्रश्न उठाइएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई

काठमाडौँ, ५ बैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई

काठमाडौँ, ५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, ५ बैशाख । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल