भारतमा सङ्क्रमित धेरै भएका ठाउँमा भदौ १५ सम्म लकडाउन

एजेन्सी, १५ साउन । भारतले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ ।

भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन् । त्यहाँको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ ।

राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगष्ट ३१ सम्म गर्न पाइने छैन । भारतमा दैनिकजसो ५० हजारको संख्यामा नयाँ सङ्क्रमित भेटिन थालेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

त्यहाँ गएको २४ घण्टामा मात्रै ५२ हजार २ सय ४९ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ । ३५ हजारको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन एक हजार

सप्तरी, ८ असोज । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate for

काठमाडौँ, ७ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला